
नेपाली कांग्रेस दाेलखाले अागमी संघिय र प्रदेशकाे निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई कसरी जिताउने भन्ने बिषयमा अाज सदरमुकाम चरिकोटमा बृहत अन्तरकृया गरेकाे छ ।
नेपाली कांग्रेसका केन्द्रीय नेता,जिल्ला स्तरीय नेता तथा कार्यकर्ता र नेपाली कांग्रेसकाे तर्फबाट निर्वाचित जनप्रतिनिधि सहभागीतामा अन्तरकृया सम्पन्न भएकाेछ।
नेपाली कांग्रेसकाे केन्द्रीय समितिले गठबन्धन गरेपनि जिल्लामा नेपाली कांग्रेसका नेतालाई संघिय टिकट उपलब्ध नगराए केन्द्रीय निर्देशन नमान्ने सहमत भएकाछन ।
सम्पूर्ण नेता तथा कार्यकर्ता लाई सम्बनेधन गर्दै केन्द्रीय सदस्य एवम युवा नेता कुन्दनराज काफ्ले संघिय निर्वाचनमा दाेलखा जिल्ला कांग्रेसले नै टिकट ल्याउने उद्घघाेष गर्नु भयाे ।केन्द्रीय समितिले निर्णय गर्दा पक्कै निर्वाचन जित्ने लाई दिने विश्वास अाफुमा रहेकाे काफ्ले ले बताउनुभयो ।
पार्टीले जसलाई टिकट दिने निणर्य सहर्स स्वीकार गर्दै पुरै जीवन पार्टी लाई नै सर्मपित गरेकाेले शक्दाे सहयाेग गर्ने काफ्लेले बताउनुभयो ।
नेपाली कांग्रेस दाेलखाकाे शिर उच्च बनाउन नायकको भुमिका निर्माण गर्ने नेपाली कांग्रेस दाेलखाका सभापति बर्मा लामाले संघीय निर्वाचनकाे दाेलखा कांग्रेस नै ल्याउने दाबि गर्दै निर्वाचन नै जितेर केन्द्र लाई देखाउने धारणा व्यक्त गर्नुभयो ।
स्थानीय निर्वाचनबाट कांग्रेसले विजयकाे अबिर लगाउन दाेलखामा सुरू भएकाे छ ।यसकाे श्रेय सभापति लामालाई नेता तथा कार्यकर्ताले दिएकाछन । कार्यक्रम का अधिकांश बक्ताले श्रेय दिएका हुन।पैसाले मात्र निर्वाचन जित्न सकिँदैन भन्ने नजिर बिगतका दिनमा दाेलखा स्थापित रहेकाे छ ।
बृहत समिक्षा तथा अन्तर्क्रीया कार्यक्रममा पार्टी तथा चुनावी गठबन्धनले दोलखामा स्थानीय निर्वाचनमा प्राप्त गरेको परिणाम तथा भावी निर्वाचनको वारेमा अख्तियार गर्ने रणनीतिको वारेमा छलफल गरिएको नेपाली काँग्रेस दोलखाका प्रबक्ता राकेश श्रेष्ठले जानकारी दिनुभयाे।
छलफलमा पार्टीले हाँसिल गरेको समग्र सफलता तथा सुधार गर्नुपर्ने कुराहरुको बारेमा ब्यापक समिक्षा तथा छलफल गरिएको श्रेष्ठले बताउनुभयो ।
समिक्षा तथा अन्तर्क्रीया बोल्दै नेताहरू स्थानीय निर्वाचनको समिक्षा गर्दै आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनतर्फ पार्टीको ध्यान जानु पर्नेमा जोड दिएका थिए ।
यसैगरी पार्टी नेताहरूले समिक्षा तथा अन्तर्क्रीया कार्यक्रममा आगामी निर्वाचनमा पार्टीले जस्लाई टिकट दिए पनि त्यो नेपाली काँग्रेसको उम्मेद्वार हुने भएकोले सबै कार्यकर्ता पंक्तिले एकजुट भई पार्टीको उम्मेद्वारलाई विजयी गराउने तर्फ लाग्ने माैखिक प्रतिबध्दता जाहेर गरे।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धर, बैतेश्वर गाउँपालकाका अध्यक्ष छवि लामा, कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटी, तामाकोशी गाउँपालिकाका उपाध्यक्ष सृजना सुवेदी, गौरिशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङ लगायतले सम्बोधन गरेका थिए ।
Leave a Reply