
दीपशंकर चाैलागाई
दोलखा२५ साउन। भीषण वर्षापछि आएको बाढी र पहिरोले दोलखाको मेलुङ गाउँपालिका-७ सितलीमा १५ भन्दा बढी घरमा क्षति पुर्याएको छ ।५० रोपनीभन्दा बढी क्षेत्रमा लगाएको धानखेत बाढीको लेदो ले पुरिएको छ ।
राति बाढी आएपछि स्थानीयले घर छाडेर भागेका
वडाध्यक्ष नवराज खड्काले पब्लिक न्युजलाई जानकारी दिनुभयो । बुद्धबहादुर तामाङको पक्की घर पूर्णरुपमा क्षति गरेकोछ ।बाढी पछिकाे पहिरोले सितलीका २ वटा होटल, एक पसल र एक मोटरसाइकल वर्कसप पनि बगाएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
तत्काल नागरिककाे उदारमा पुगेका नेपाली कांग्रेस दाेलखाका सभापति बर्मा लामाले भन्नुभयो माथिल्लो क्षेत्रबाट खहरेमा आएकाे बाढी संगैकाे लेदोले स्थानीयको घरमा छिरेर अन्नपात, लत्ता कपडा, भाँडा वर्तन नष्ट गरेको हुदा उनिहरूकाे उदार तथा राहतको लागि अाफै उपस्थित भएकाे हुँ। बाटो अबरुद्ध भई सितली हुदै चरिकोट,मन्थली जाने सवारीसाधन घण्टाै सम्म राेकिएकाेले सबै पक्षसँग अनुरोध गरि सडक सुचारू गरेकाे लामाले जानकारी दिनुभयाे ।
यता मेलुङ गाउँ पालिका प्रमुख हिरा थाेकर तत्कालकाे लागि स्थानीयको उद्धार गरिपनि धेरै धनमालकाे क्षतिभएकाे जानकारी दिनुभयाे ।थाेकरले उनीहरूलाई उचित राहत दिलाउन संघिय सरकार संग समेत अपिल गर्नुभयो ।क्षतिको विवरण लिने काम भैरहेको छ ।
तत्काल क्षतिकाे मुल्यांकन गरि राहात दिनुपर्ने भन्दै स्थानीयले केहीबेर सडक खुलाउने कार्य मा अबरोध गरेका थिए ।हाल अस्थाई रुपमा मात्र बाटो खुलेकाे छ। माथि बाट लेदो र ढुंगा बगि पुन अबरोध हुने सम्भावना देखिन्छ ।
समाजिक सेवामा अनवरत रूपमा लागि पर्ने संघ संस्था र संचारकर्मी संग दाेलखाकाे स्थानीय प्रशासनका प्रमुखहरूले समन्वय नगर्दा नागरिकले तत्काल राहत नपाउने र राज्यकाे उपेक्षाकाे सिकार बन्नु पर्ने अबस्था सृजित हुने देखिन्छ।स्थानीय तहमा लामाे अनुभव भएका तर जिल्लाकाे प्रशासन चलाउने अनुभव कमी भएका कारण वा अहमताले प्रमुख जिल्ला अधिकारीकाे एकल दाैडले पक्कै दाेलखाली नागरिकले साेचेकाे सेवा नपाउने निश्चित छ। बिगतका दिनमा प्रहरी प्रमुखकाे भुमिका मा रहेका डिएसपीहरू संचारमैत्रि ,नागरिक मैत्रि भएकाे अनुभुती दाेलखालीमा रहे पनि यसले निरन्तरता नपाएको प्रष्ट देखिन्छ ।
Leave a Reply