दीपशंकर चाैलागाई
दोलखा २३ साउन । लगातारको वर्षाका कारण दोलखा सदरमुकाम चरिकोट नजिकै म¥याङखोलामा बाढी आएको छ ।
चरिकोट नजिकै रहेको म¥याङखोलामा बस्तीमाथिबाट मध्यराती बाढी आएको हो । बाढीका कारण दोलखा चरिकोट सडक खण्ड मध्यरातीदेखि अवरुद्ध भएको छ । यस्तै केही घरमा क्षति पुगेको छ भने खोला किनारामा रहेको एउटा फर्निचर उद्योगमा समेत क्षति पुगेकोसशस्त्र प्रहरी बल १८ नम्बर गुल्माका प्रहरी निरिक्षक जयन्त केसी जानकारी दिनुभयो । बस्तीमाथिबाट आएको बाढी सडकमा थुप्रिएपछि यात्रुहरु बिचबाटोमै अलपत्र परेका थिए । गय राती १२ बजे नै शसस्त्र प्रहरीकाे टाेली पहिरो स्थलमा पुगीअवरुद्ध सडक खुलाएकाे हाे । अहिले दाेलखाबाट काठमाडौं जाने सवारीसाधन चल्न थालेेकाछन ।
सशस्त्र प्रहरी बल, नेपालले स्थापनाकालदेखि नै आफ्नो जिम्मेवारी त्रुटिरहित ढंगबाट सम्पादन गर्दै आईरहेको छ ।समृद्ध नेपाल सुखी नेपालीको महाअभियानलाई सफल पार्न जनतालाई सर्बाेपरी ठानेर कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्न सशस्त्र प्रहरी लागि परिरहेको छ।फलस्वरूप रातभर हिलोमा पहुठेजाेरी खेल्दै सशस्त्र प्रहरीको चरिकोटस्थित गुल्म बाट खटिएको सहायक निरिक्षक निश्चल काफ्लेको टोलीले पहिरो पन्छाउने काम गरेकाे छ । ७ घण्टा अवरुद्ध सडक सुचारु गर्नका लागि सशस्त्र प्रहरी बल सफल भएकाे छ
दोलखाको सिँगटी, जिरी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको हो । ठूलो वर्षाका कारण खिम्ती खोला, जिरी खोला लगायत तामाकोसीका साना सहायक नदीमा आकस्मिक बहाव बढ्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । बाढी पूर्वानुमान महाशाखाले नदी आसपासका क्षेत्रमा बाढीको खतरा रहेको र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
उता सिंगटीमा पनि बस्ती माथिबाट राती पहिरो गएको छ । सिंगटी बजारस्थित खोलिखिममा पहिरो जाँदा दुई वटा घरका क्षति पुगेको स्थानीयले बताएका छन् । मानवीय क्षति भने नभएको दोलखा प्रहरीले जनाएको छ । गएराती सिंगटीको लादुक क्षेत्रकाे पुलसँग जोडिएको खोलीखिम बस्तीमा सडकको सहितको पहिरो आएपछि बस्तीनै जोखिममा परेको छ ।
Leave a Reply