पूर्विय पहाडी जिल्ला दाेलखामा गैरआवासीय नेपाली संघ चीनले संचालन गर्याे ‘महिनावारी स्वच्छता सचेतना अभियान

 पब्लिक संवाददाता      शनिबार, साउन २१, २०७९      0

दीपशंकर चाैलागाई

दाेलखा २१ साउन ।गैरआवासीय नेपाली संघ चीनले ‘महिनावारी स्वच्छता सचेतना अभियान’दाेलखाकाे हनुमन्तेश्वर उच्चमाविबाट दोस्रो चरणको कार्यक्रम गरेकाे छ।

हनुमन्तेश्वर उच्च मावि र जलदेवि माविका ९ सय ५० जना विद्यार्थीलाई खानपान , व्यायाम, सरसफाइ, घरपरिवारको , विद्यालयको भूमिका जस्ता सम्पूर्ण महिनावारीसँग सम्बन्धित विषयलाई विशेष जोड दिँदै महिनावारी खुलेर बहस गर्नुपर्ने विषय भएको भन्दै सचेतना फैलाउने उद्देश्यका साथ स्यानीटरी प्याडको प्रयोगका विषयमा समेत जानकारी दिनका लागि डक्टर ल्याई कार्यक्रम गरेको गैरआवासीय नेपाली संघ चीनले जानकारी गराएकाे छ ।

भक्तपुर अन्तराष्ट्रिय अस्पतालको डा.सरु श्रेष्ठ, गण्डकी अस्पतालको डा. बीना लामाले महिनावारी विद्यार्थीलाई महिनावारीको समयमा गर्नुपर्ने सरसफाई र खानपिनको बारेमा समेत जानकारी गराएका छन ।
छात्राहरुलाई लक्षित गर्दै महिनावारीको समयमा गनुपर्ने सरसफाई तथा खानपानको विषयमा जानकारी दिँदै डा.लामाले महिनावारीको विषयमा छात्रहरुलाई पनि आफ्नो छात्रा साथीहरु तथा घरका महिलाहरूलाई सहयोग पुराउने सक्षम बनाउनु भनेर उत्प्रेरित गरेकी छिन ।

महिलाहरुमा हुने रजस्वला सम्बधित जनसचेतना पुरुषलाई समेत दिन जरुरी रहेको डा.श्रेष्ठ ले अभियान थप प्रभाबकारी रहने छ । विद्यालयमा महिनावारी हुदाँ छात्राहरु विद्यालयमै नआउने गरेको त्यस्ता कार्यक्रमले त्यसलाई रोक्न मद्दत पुग्ने डा. श्रेष्ठले दाबि गरिन,। स्यानीटरी प्याडको विद्यालयमा ब्यावस्था हुनु पर्दछ , महिनावारीको समस्याहरु छात्राहरुले खुलेर कुरा गर्ने बनाउन पुर्वीय पहाड जिल्ला दाेलखा अाएका हाै डाक्टर श्रेष्ठले भनिन् ।

गैरआवासीय नेपाली संघ चीनले ‘महिनावारी स्वास्थ्थ सुरक्षा हाम्रो सरोकार’ भन्ने मुल नाराका साथ सुरु गरेको अभियान दोलखाको बैतेश्वरस्थित काब्रेको मैनापोखरीका दुई विद्यालय हनुमन्तेश्वर मावि र जलदेवी माविमा कार्यक्रम गरेकाे हाे। ‘महिनावारी स्वास्थ्थ सुरक्षा हाम्रो सरोकार’ कार्यक्रम संयोजक पुन्यवती सुवेदी (सहनशीला)ले महिनावारी सम्वन्धित सचेतना (छात्रा) महिलाले मात्र सम्भव छैन् भनेर (छात्र) पुरुषसंग हालेमालो विना सम्भव नभएको भन्दै छात्र र अतिथि सबैलाई ‘स्यानीटरी प्याड’ वितरण गरेकाे बताईन ।दुर्गम क्षेत्रका विद्यालयहरूमा कार्यक्रम गर्न लागेका हौँ,’ गैरआवासीय नेपाली संघ (चीन) संघका अध्यक्ष रोहित अग्रवालले भने,‘आगामी दिनहरूमा यस्तो कार्यक्रम दाेलखाका पिछडिएका क्षेत्रका विद्यालयमा पुग्ने छाै।
कोरोनाका कारण आफूहरु नेपालमा रहेको बेलामा नेपालीका लागि नेपाली भन्ने आफ्नो मूलमन्त्रलाई उद्धृत गर्दै महिनाबारी अतिनै संवेदनशील र महत्त्वपूर्ण विषय भएको तर पनि समाज अझै पनि खुल्न सकेको छैन भनेर यस विषयलाई उजागर गर्न जरुरी भएको महसुस गरी महिला सम्योजक पुन्यवती सुवेदी (सहनशील) ले यो विषयलाई उठान गरेको र र सम्पूर्ण कार्यसमितिको सकारात्मक सोच र साथले सार्थक भएको बताइन् ।
‘महिनावारी स्वच्छता सचेतना’ अभियान पहिलो चरणमा राजधानी काठमाडौं तारकेश्वरस्थित जितपुर उच्च माध्यमिक विद्यालयमा विद्यार्थीहरुलाई महिनावारी सचेतना तथा डाक्टरसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो।
दोलखा जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानी,प्रमुख अधिकारी भोजराज खतिवडा,जिल्ला समन्वय अधिकारी होमप्रसाद घिमिरे , दोलखा जिल्ला प्रहरी प्रमुख गंगाप्रसाद पौडेल ,बैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेती, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाईं , बैतश्वर ५ वडा अध्यक्ष भुवन घिमिरे,बैतश्वर वडा ४ अध्यक्ष कुमार प्रसाद चौलागाईं, हुनमन्तेश्वरका विद्यालय ब्याबस्थापन समितीका अध्यक्ष भिम प्रसाद दहाल, हुनमन्तेश्वर क्यापसका प्रमुख कमल दहाल, हुनमन्तेश्वर माबी नमुनाका प्रध्यानध्यापक भरत दहाल, जलदेवी माबीका प्रध्यानध्यापक गिताकृष्ण शर्मा, बैतेश्वर गाउँपालिकाका स्वास्थ्य प्रमुख बाबुलाल लामा लगायत अतिथिहरूले दोलखाका कुनैपनि स्कुलमा महिनाबारी हुदाँ विद्यालयमा छात्राहरु स्कुल जानबाट वञ्चित हुने दिन अागामी दिनमा निःशुल्क स्यानीटरी प्याड वितरणको ब्यावस्था गर्न पहल गर्ने बताएकाछन ।

कार्यक्रममा समितिका अध्यक्ष रोहित अग्रवाल, उपाध्यक्ष निर्मल चौलागाई, सल्लाहाकार आर.के खड्का, सदस्यहरु युवराज थापा, दिपक अग्रवाल, महिला संयोजक पुन्यवती सुवेदी (सहनशिला) लगायतको सहभागीता रहेको थियो। कार्यक्रम एनआरएनए (एनसीसी) चीनको महिला संयोजक पुन्यवती सुवेदी (सहनशिला) को सयोजनमा भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *