
दोलखाको कालिन्चोक गाउापालिका वडा नम्बर ७ सुनखानी सित्काका कृष्णबहादुर बस्नेतको घर आगोलागिबाट खरानी बन्यो । बस्नेत भन्छन्,सानासाना छोराछोरी आपाङ्ग शरिर जेनतेन पालन पोषण गरेकै थिए । बस्नेतको केहि हप्ता अगाडी आगोलागिबाट भुकम्प पछाडि ऋणधन गरेर निमार्ण गरेको घर खरानीमा परिणत भयो ।
उनले आफुले लगाएको शरिरका लुगा बाहेक केहि निकाल्न पाएनन् । बस्नेत भन्छन्, राम्रोसँग जिबनयापन गर्ने सपना त्यहि आगोलागीले घर जल्दा खरानीमा परिणत भयो । उनले घरमा नै सानो पसल चलाएर परिवार धान्दै आएका थिए । घरसँगै पसल पनि जलेर नष्ट भयो । बस्नेत गहभरि आँसु पार्दै भन्छन्,यहि पसलबाट थुप्रै सपना सजाएको थिएँ, तर सबै सपना घर आगोलागिले खरानिमा परिणत बनायो ।
बस्नेत गुनासो गर्दै भन्छन, गरिबलाई कतैबाट पनि नहुने रहेछ,हिजो भुकम्पले घर भत्काउँदा त सरकारले केहि रकम सहयोग गरेको थियो अहिले त त्यो पनि नपाईने रहेछ ।
बस्नेतको भनाईअनुशार केहि ब्यक्तिले खाने प्रबन्ध मिलाएपनि आफ्नो बस्ने बासको समस्या हुँदा आफुले अत्यन्तै दुख पाईरहेको बताएका छन् । जलेर नष्ट भएकै घरको ढुङ्गाहरु र स्थानिय जंगलको काठ प्रयोग गरेर घर तयार गरेपनि छानोहाल्न नसकेकाले अझै घरको बास ठेगान नभएको बस्नेतको दुखेसो छ । बस्नेतका तिन साना साना छोराछोरी र श्रीमति छन् ।
Leave a Reply