पब्लिक संवाददाता
मङ्लबार, जेष्ठ १७, २०७९
0
दोलखाको गौरीशंकर गाउँपालिकाले क बर्गको अपाङ्गता भएका व्यक्ति र गर्भवती महिलालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने गौरीशंकर गाउँपालिका गाउँकार्यपालिकाको बैठकले निर्णय गरेकाेछ ।पुर्ण अपांगता व्यक्ति र गर्भवती महिलालाई एम्वुलेन्स भाडा बापत शुल्क नलाग्ने गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले बताएकाछन । गाउँपालिकाले सातामा दुई दिन भोर्लेबाट पालिकाले दिने सबै सेवा प्रवाह गर्ने निर्णय गरेको छ । पालिकाले प्रत्येक साताको आईतबार र सोमबार भोर्लेबाट सेवा प्रवाह गर्ने निर्णय भएको अध्यक्ष कार्कीले जानकारी दिए । चंखु, मार्वु र खारेको सेन्टर पर्ने र त्यहाँबाट सेवा प्रवाह गर्दा स्थानीयलाई सहज हुने भएकाले यस्तो निर्णय गरिएको गाउँपालिकाकाले जनाएकाे छ।माथिका निर्णय आगामी साउन १ गतेदेखि लागु हुनेछ ।
Leave a Reply