डिएसपी पौड्याल नगद पुरस्कार सहित सम्मानित,दोलखालीकाे तर्फबाट बधाई एवं शुभकामना

 पब्लिक संवाददाता      सोमवार, जेष्ठ १६, २०७९      0

दीपशंकर चौलागाई
दोलखा १६ जेठ । नेपाल प्रहरी दोलखाका प्रमुख डिएसपी गंगा प्रसाद पौडयाल नगद पुरस्कार सहित सम्माननित भएकाछन ।
दोलखा जिल्लाका नौ वटै पालिकामा कुनै पनि अप्रिय घटना नभई सौहार्दा पूर्णरुपमा स्थानिय निर्वाचनमा सम्पन्न गरेकोमा बागमति प्रदेश प्रहरी कार्यालयबाट पौड्याललाई नगद पुरस्कार सहित सम्मानित गरेको छ ।
२०४८ साल देखी दोलखाका हरेक निर्वाचानमा केही न केही घटना घटेको दोलखामा यसपटक नेपाल प्रहरीको कुशल नेतृत्वका कारण शान्तिपूर्ण एवं त्रुटिरहित निर्वाचन सम्पन्न भएकोछ । पटक पटकका निर्वाचनमा राजनैतिक दलहरुकै नियतिका कारण मान्छे मर्ने गरेको र जनताले आप्mनो वालिकमताधिकार प्रयोग गर्न नपाउने स्थितिको यस पटक अन्त्य भएकोछ ।
स्थानीय निर्वाचन गराउन प्रभावकारी भूमिका खेलेको भन्दै बागमती प्रदेश कार्यालय हेटौंडाले डिएसपी पौडयाललाई पुरस्कृत गरेको हो ।
डिएसपी पौडयाललाई प्रदेश कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी पूजा सिंहले पुरस्कृत गरेकी हुन । डिएसपी पौडयाललाई जिल्लाको शान्ति सुव्यवस्था कायम राख्नुका साथै पाएको जिम्मेवारीलाई इमान्दारी ढंगबाट निर्वाह गरेकोले पुरस्कृत गरिएको जनाइएको छ ।
नागरिक समाज दोलखाका अगुवा कृष्ण बस्नेतले भने “दोलखाका प्रमुख जिल्ला अधिकारी भाेजराज खतिवडा, तारादल गणका गणपति अनिल केसी , प्रमुख प्रहरी नायव उपरीक्षक गंगा प्रसाद पौडयाल,शसस्त्र प्रहरी बल १८ नम्बर गुल्माका प्रहरी नायब उपरिक्षक बुद्धीनारायण मर्हजन र राष्ट्रिय अनुसन्धानका प्रहरी नायब उपरिक्षक राजन शर्माको कुशल राष्ट्रसेवकको भुमिका निवार्हको कारण विवादरहित भई स्थानिय निर्वाचन २०७९ सम्पन्न भएको हो । ”
बस्नेत भन्छन “ बागमति प्रदेश प्रहरी कार्यालयबाट पुरस्कृत हुनुभएका जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक गंगा प्रसाद पौडेललाई दोलखाली नागरिकको तर्फबाट बधाई एवं शुभकामना ।”

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *