कांग्रेसका उम्मेदवार बिजय गरााए मात्र लोकतन्त्रले जित्छ,अनि देशले जित्छ नत्र अधिनायकवादीहरूकाे फेरि पनि माेजमस्ती सुरू हुनेछ

 पब्लिक संवाददाता      बिहिबार, बैशाख २९, २०७९      0

अबकाे निर्वाचन पछि भिमेश्वर नगरपालिकाकाे स्थानीय सरकारबाट जनताहरुले राज्यको अनुभुति गर्न पाउनु पर्दछ । स्थानीय तवरमा सिंह दरवार भएको अनुभुति गर्न पाउनु पर्दछ । राज्यद्वारा उपलब्ध गराइने सेवा सुबिधाहरु र बिकास निमार्णका हरेक कार्यहरुमा जनताको प्रत्यक्ष सहभागिता हुन जरुरी हुन्छ । स्थानीय निकायमा असल इमान्दार राजनैतिक नेतृत्व चयन हुन सकेको खण्डमा समाजले बिकास निर्माणका हरेक कुरामा मात्र नभई अन्य समाज परिवर्तन र सुशासनको पक्षमा समेत फड्को मार्न सक्छ । यसकाे लागि नेपाली कांग्रेसका उम्मेदवार जनमैत्रि नेता ईश्वर मानन्धरकाे टिमले बिजय हासिल गरेमात्र सम्भव छ।
बिशुद्ध समाज सेवाको भावनालिई राजनीतिमा होमिएका मानन्धरले सामाजिक रुपमा रुपान्तरण ,समाजजिक शुद्धिकरणमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्न सक्दछन् ।
लोकतन्त्रको मुटु नै निर्वाचन भएकाले बैशाख ३० गतेहुने स्थानीय तह निर्वाचनमा सबैले उत्साहका गठबन्धन जिताउन लाग्नुपर्छ । लोकतन्त्रको जगलाई तलैसम्म पु¥याउन र जनतालाई वास्तविक रुपमै अधिकार सम्पन्न बनाउनका लागि हामी सबैले भिमेश्वरमा गठबन्धन लाई जिताउन जरुरी छ । मानवअधिकार उल्लघंनमा संलग्न नभएको, असल, व्यवहारिक, मानवअधिकार र कानुनको शासनको सम्मानगर्ने, अर्काको इज्जत गर्ने, भरपर्दा तथा उदाहरणीय लाेकप्रिय उम्मेदवारहरूलाई मतदान गरौ । आफ्नो मताधिकारको प्रयोग गरि सहि प्रतिनिधि चुन्ने अवसरबाट कोहि पनि नचुकौ । लोकतन्त्रिक गणतन्त्रको संस्थागत बिकासका लागि, सिंहदरवारबाट प्रयोग हुने अधिकार अब गाउँघरबाटै प्रभावकारी उपभोगको वातावरण बनाऔ।
लोकतन्त्र त्यतिबेलामात्र सुदृढ हुन्छ, जतिवेला स्थानीयतहको निर्वाचनबाट निर्वाचित पदाधिकारीले स्थानीय सत्ता प्रभावकारी रुपमा चलाउँदछन् । स्थानीयतहका बाटोघाटो, स्वास्थ्य, शिक्षालगायतका विषयमा जनताका आकांक्षालाई पूरा गर्न स्थानीय सरकार जब क्रियायाशील हुन्छ, त्यतिबेला मात्र लोकतन्त्र जनतामाझ पुग्न सक्छ । यदि स्थानीयतहमा जनताको सहि प्रतिनिधित्व हुन सकेन, जनताबाट निर्वाचित अंगले राम्रोसंग काम गर्न सकेन भने लोकतन्त्र सिंहदरबारको अग्लो चौघेरा र नेताको घरभित्र मात्र कैद हुन पुग्दछ । तीनवटै तहका निर्वाचन विना न लोकतन्त्रको कल्पना गर्न सकिन्छ, न त समृद्धि र विकास निर्माणको आशा गर्न सकिन्छ । नेपाली कांग्रेसका उम्मेदवार बिजय गरााए मात्र
लोकतन्त्रले जित्छ, । देशले जित्छ र नेताहरूले पनि जित्नेछन नत्र अधिनायकवादी माेजमस्ती हुनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *