महिनावारीको समयमा धेरै महिलालाई कार्यालय जान गाह्रो पर्ने हुँदा महिनावारी बिदा दिन पहल गर्ने छु: बस्नेत

 पब्लिक संवाददाता      बिहिबार, बैशाख २२, २०७९      0

दाेलखा २२ बैशाख । भिमेश्वर नगरपालिका की उपप्रमुखमा उम्मेदवारी दिएकी कमला बस्नेतले कार्यस्थलमा महिलालाई सुरक्षित ढंगले काम गर्ने वातावरण मिलाउने प्रतिबद्धता व्यक्त गरिन् । एमालेबाट उम्मेदवार रहेकी उनले भनिन्, ‘महिनावारीको समयमा धेरै महिलालाई कार्यालय जान गाह्रो हुन्छ, जसलाई कतिपय पुरुषले बुझ्दैनन् । मैले जितेँ भने महिलालाई महिनावारी बिदा दिन पहल गर्नेछु ।’

नेतृत्वमा महिला सहभागिता बढाउन पहल गर्ने, महिलाका लागि रोजगारी सिर्जना गर्ने र उत्पादनका क्षेत्रमा पनि जोड दिने उनले बताइन् । महिलालाई काम र सीपसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन प्रोत्साहन गर्छु,’ उनले भनिन्, ‘भौतिक पूर्वाधार र विकासका काममा समेत दक्ष महिलालाई प्राथमिकता दिने कार्यक्रम ल्याउँछु ।’ 
राजनीतिमा महिलाको सहभागिता बढाउन पहल समेत गर्ने उनले बताइन् । नगरको समृद्धिसँगै हिंसा न्यूनीकरण गर्छु
बस्नेतले आफू विजयी भए महिला सशक्तीकरण र महिला हिंसाविरुद्ध न्यूनीकरणमा काम गर्ने योजना रहेको बताइन् । 

‘महिलाले महिलाको खुट्टा तान्ने प्रवृत्ति त्यागेर हात तानेर माथि उठाउनुपर्छ,’ उनले भनिन्, ‘कतिपय महिलालाई आफूमाथि हुने हिंसाका सम्बन्धमा थाहा छैन । उनीहरूलाई कानुन बुझाउन पहल गर्छु । घरेलुहिंसा विरुद्ध आवाज उठाउन सक्ने बनाउन कार्यक्रम ल्याउँछु ।
राजनीतिलाई विशुद्ध समाजसेवाको रूपमा लिएर सोही शैलीका काम गर्ने उनको तयारी छ । ‘स्वास्थ्यमा निम्न वर्गका मानिसको पहुँच पु¥याउने र महिलाको निःशुल्क स्वास्थ्यमा ध्यान दिनेछु,’ उनले भनिन् ।  उपप्रमुखमा उम्मेदवारी दिएकी बस्नेतले ‘घरभित्रदेखि बाहिरसम्म अथाह समस्याबाट महिला गुज्रिरहेका छन् । महिलाका स–साना समस्यालाई अध्ययन गरी काम गर्छु,’ उनले भनिन्, ‘महिलालाई पिँधबाट उठाउनुछ । त्यसैले दैनिक झेल्नुपर्ने समस्यालाई न्यूनीकरण गर्दै अगाडि बढ्छौँ ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *