दल बदलुहरु नेपाली राजनीतिका गु का किराहरू हुन

 पब्लिक संवाददाता      बिहिबार, बैशाख २२, २०७९      0

यसपटक चुनावमा दल बदलुहरुको जुन गुलजार देखियो, यो पनि नेपाली राजनीतिमा आएको ठूलो विकृती हो। कहाँसम्म भने आफ्नो पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार दिने अर्को पार्टीको मुख्य नेताकहाँ गएर टीका लगाई लिप्त हुने नेपाली राजनीतिका गु का किराहरू दाेलखामा धेरै देखिएकाछन। उनीहरू जता जान्छन उतै दुरगन्धित हुन्छ।

केही गाउपालिकामा दल बदलु भिड लागेकाे बताउदै नेपाली कांग्रेस दाेलखाका सभापति बर्मा लामाले भने यस्तो प्रवृत्तिका कारण पार्टीमा रहेर काम गरिरहेकालाई मात्र होइन, स्थानीय विकासका सन्दर्भमा प्राविधिक ज्ञानसमेत भएका संभावित व्यक्तिलाई पनि निरुत्साहित गरेको छ।

पक्कै पनि, नेपालको राजनीतिमा अहिले भइरहेका रणनीतिले राजनीतिको छवी बिग्रिएको छ। तैपनि यसले स्थानीय निर्वाचनमा जनताको सहभागितालाई निरुत्साहित नगरोस्। असहमती, आक्रोश र निराशाबीच पनि राजनीतिक मुलप्रवाहका बाटै विकल्प खोजिन्छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *