जनपक्षिय संकल्प गर्दै गठबन्धन तर्फका मेयरका उम्मेदवार मानन्धर

 पब्लिक संवाददाता      बुधबार, बैशाख २१, २०७९      0

दीपशंकर चाैलागाई,दाेलखा २१ बैशाख । नेपाली कांग्रेसका नेता एवम गठबन्धन बाट भिमेश्वर नगरपालिका का मेयरका उम्मेदवार ईश्वर नारायण मानन्धरले भिमेश्वर नगरमा भौतिक, सामाजिक सांस्कृतिक पूर्वाधारहरू निर्माण गरि फिल्मी सिटी र भर्चुअल सहर निर्माण गर्ने संकल्प गरेकाछन ।भूगोलको दृष्टिमा जति सुन्दर छ त्यो भन्दा बढी धार्मिक एवम् सांस्कृतिक सम्पदायुक्त नगर भएकाेले भर्चुअल सहरका रूपमा विकास गर्ने जनाएका छन ।
भौगोलिक सुन्दरता, धार्मिक तथा सांस्कृतिक सम्पन्नता र वातावरणीय स्वच्छता रहेको यस नगरलाई नेपालको मात्र नभई विश्वकै पर्यटकीय गन्तव्य बनाउनु अनवरत रूपमा लागि रहने मेयरका उम्मेदवार मानन्धरले संकल्प गरेका छन ।
मानन्धर भन्छन स्मार्ट सिटी ,आधुनिक सहर निर्माण लागि रहनेछ,। विद्युतीय शासनका लागि इन्टरनेट सेवा विस्तार गरि घरैबाट पढ्न सक्ने अनलाइन एजुकेसन, घरमै डाक्टरी सेवा प्राप्त गर्ने जस्तो टेलिमेडिसिन व्यवस्था तत्कालै सुरू गर्ने छु मानन्धरले भने।

संसारको विकास आफैँमा हुँदैन, परिवर्तनका संवाहक सबल र सक्षम नेतृत्वबाट विकासको अपेक्षा पूरा हुन्छ। । भीमेश्वर नगरपालिकालाई देशकै नमुना धार्मिक, सांस्कृतिक र पर्यटकीय नगर एवम विश्वकै गन्तव्य सहर बनाउनु आजको नेतृत्वका लागि एकातिर अवसर हो भने अर्कोतिर चुनौती पनि सँगसँगै हो ।आधुनिक भीमेश्वर नगर निर्माण गर्न जुझारू युवा एवम् समावेशी नेतृत्व चयन गरिनु जरूरी छ।
तीब्र विकास , समृद्ध भीमेश्वरका लागि गठबन्धनकाे नेतृत्वमा सक्षम रहेको राजनैतिक बृतमा चर्चा चले पाईएकाे छ । दोलखालीको शान गरौँ गठबन्धनका साझा उम्मेदवारलाई अमूल्य मतदान भन्ने नारा भिमेश्वर नगरका नागरिक कान कानमा गुज्यामान भई रहेकाे सहजै अनुमान गर्न सकिन्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *