बैतेश्वरमा कांग्रेस कम्जोर छैन,कांग्रेसले एक्लै चुनाव लड्ने , कांग्रेसका कार्यकर्ता र जनताको मनोबल गिराउने गतिविधि गरे सहेर नबस्ने लामाकाे चेतावनी

 पब्लिक संवाददाता      सोमवार, बैशाख १९, २०७९      0

दीपशंकर चाैलागाइ,दाेलखा १९ बैशाख।नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका निवर्तमान अध्यक्ष छबि लामाले बैतेश्वर गाउँपालिकामा नेपाली कांग्रेसले एक्लै चुनाव जित्ने बताएका छन्।

एक दुईजनाले पार्टी छार्दैमा कांग्रेस कम्जोर नहुने लामन बताए । कांग्रेसले जनताको साथ छ ,एक्लै चुनाव जित्ने उनलेे बताए।
लामाले विभिन्न विपक्ष दलका नेता कार्यकर्ताले कांग्रेसलाई होच्याउने,जिस्क्याउने जस्ता गतिविधि गरेको पाइएकाले त्यस्ता किसिमका गतिविधि गरेर जनतालाई दबाब दिने खालाका गतिविधि नगर्न चेतावनी दिएका छन्।लामाले स्वतन्त्र रूपमा घरदैलो कार्यक्रम गर्दै हिड्दा पनि अन्य दलका साथीहरूले नेपाली कांग्रेसमा आबद्ध कार्यकर्ता र जनताको मनोबल गिराउने गतिविधि गरे कांग्रेस सहेर नबस्ने चेतावनी दिएका छन्।

लामाले खुल्ला मनले कांग्रेसलाई मतदान गरेर जिताउन पनि पालिकाबासीलाई अनुरोध गरेका छन्।

कांग्रेस दोलखाका नेता तारा खड्का, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य पारस तामाङ ,दोलखाका क्षेत्र १का क्षेत्रीय सभापति शुक्रराज तामाङ,उपसभापति सुबास लामा,नेपाली कांग्रेस बैतेश्वरका सभापति सम्सेर घिसिङ,क्षेत्रीय प्रवक्ता दोर्जे काजी लामा,वडा नम्बर ५ का वडा सभापति बिक्रम दाहाल,नेता गिताकृष्ण शर्मा, वडा अध्यक्षका उम्मेदवार सोमबहादुर दाहाल लगायत ५ वर्षको अवधिमा बैतेश्वरमा भएको परिवर्तन र बिकासलाई नजिकबाट हेरिरहेको हुँदा आगामी निर्वाचनमा बैतेश्वर कांग्रेसले बहुमतका साथ चुनाव जित्ने दाबी गरेकाछन।

त्यसैगरी कांग्रेस बैतेश्वरले बैशाख ३० गते हुने स्थानीय निर्वाचन लक्ष्यित वडा भेला तथा आमसभा कार्यक्रमलाई आज देखी नियमित गर्ने भएको छ्।बैशाख १९ गतेदेखि बैशाख २७ गतेसम्म ९ दिन निर्वाचन लक्ष्यित कार्यक्रम गर्न लागेको नेपाली कांग्रेस बैतेश्वर गाउँपालिका इकाइ सभापति शम्शेर घिसिङले जानकारी दिए।समितीले बैशाख २० गते वडा नम्बर ६,बैशाख २१ गते वडा नम्बर ८ मा भब्य कार्यक्रम गरेर जनतालाई मतदान सम्बन्धि शिक्षा समेत दिने जनाएको छ्।त्यस्तै बैशाख २२ गते,वडा नम्बर १,बैशाख २३ गते वडा नम्बर २,बैशाख २४ गते वडा नम्बरको मिर्गेमा कार्यक्रम गर्ने भएको छ्।त्यसैगरी बैशाख २५ गते वडानम्बर ७,बैशाख २६ गते वडा नम्बर ४ र बैशाख २७ गते वडा नम्बर ५ मैनापोखरि भब्यआमसभा गर्ने भएको हो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *