गाउँपालिका प्रमुखलाई राज्यले दिने सम्पूर्ण सुविधाको रकम ट्रष बनाएर जनतालाई सहयोग गर्ने कालिञ्चाेक गाउँपालिका प्रमुखका उमेदवार अर्जुन प्रसाद शिवाकोटीकाे उद्घोष

 पब्लिक संवाददाता      आइतवार, बैशाख १८, २०७९      0

दीपशंकर चाैलागाई
दोलखा १८ बैशाख।गाँउपालिका प्रमुखलाई राज्यबाट प्राप्त हुने रकम आफ्नाे व्यक्तिगत काम उपयोग नगरि सामाजिक सेवामा सर्मपण गर्ने गठबन्धन उम्मेद्वारहरु एवम नेपाली कांग्रेस दाेलखाका उपसभापति अर्जुन प्रसाद शिवाकोटीले प्रतिबद्ता जाहेर गरे ।
उनले भने अाफ्नाे टिमको बिजया पछि गाउँपालिका अध्यक्ष काेष नामक ट्रस बनाएर अाफुले पाउने सेवा सुविधा काे रकम नागरिकलाई सहयोग गर्ने छु ।
सामुदायिक कृषि प्रणालीकाे अबधारणालाई अगाडि बढाई युवाहरूलाई बिदेश जान बाट राेक्ने छाै ,उनीहरूलाई यही राेजगारी दिने अबस्थामा ल्याउने छैनशिवाकोटीले भने ।
५ वर्षदेखि विवादीत बनेको कालिञ्चोक गाउँपालिकाको केन्द्र विवादको समस्या पहिलो बैठकबाटै समाधान गर्ने गठबन्धन उम्मेद्वारहरुले जनाएका छन् ।
यस अघिको नेतृत्वले गिजोलेको कालिञ्चोक गाउँपालिकाको केन्द्र आफुहरु निर्वाचित भई कार्यभार सम्हालेको पहिलो बैठकबाटै सबै गाउँपालिका बासीको भावनाको कदर हुने उपयुक्त स्थानमा गाउँपालिकाको केन्द्र बनाउने प्रतिबद्धता उम्मेद्वारहरुले गरेका छन ।
अर्जुन शिवाकोटीले ५ वर्षको अवधिमा कालिञ्चोक गाउँपालिकामा प्राप्त झण्डै ५ अर्ब भन्दा धेरै बजेट अघिल्लो नेतृत्वले बालुवामा पानी खन्याएझै दुरुपयोग गरेको आरोप लगाउदै आफुहरुको प्राथमिकता भनेकै शुसासन , पारदर्शीता र दिर्घकालिन विकास रहेको जनाएका छन् ।

दुई तिहाई स्पस्ट बहुमत बोकेर गाउँपालिकालाई अन्योलताको खाडलमा हालेको भन्दै अघिल्लो नेतृत्वमा रहेका ब्यक्ती र उनिहरु आबद्ध दललाई बहिस्कार गर्न स्थानीयहरु उत्साहित रहेको समेत बताए ।

गठबन्धन उम्मेद्वारहरुले हरेक टोलमा भोट माग्न आउने एमाले नेतृत्वलाई ५ वर्ष अघि गरेको मतदानको हिसाब खोज्न आग्रह गरेका छन् । गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेद्वार अर्जुन शिवाकोटीले समृद्ध कालिञ्चोक निर्माणका लागि गठबन्धनका थुप्रै योजना रहेको बताउदै ति सबै योजना कार्यान्वयन गरि कालिञ्चोकलाई मुलुककै नमुना गाउँपालिका बनाउने उद्घोष गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *