बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने कांग्रेसको चेतावनी

 पब्लिक संवाददाता      शुक्रबार, बैशाख १६, २०७९      0

नेपाली कांग्रेसले विद्रोही (बागी) उम्मेदवारी फिर्ता लिन फेरि आग्रह गरेको छ ।

नेपाली कांगे्रस दोलखाका सभापति बर्मा लामाले प्रेस विज्ञप्ति जारी गर्दै आज १० बजेदेखि बेलुकी ५ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।
उनले आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे/गराएको भए निर्वाचन आयोगमा गएर फिर्ता लिँदै आधिकारिक उम्मेदवारलाई विजयी गराउनका लागि सक्रिय भूमिका निर्वाह गर्न पनि अनुरोध गरेका छन् ।

तोकिएको समयमा उम्मेदवारी फिर्ता नगरिए विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टी सदस्यतासमेत नरहने गरी निष्कासन गर्ने चेतावनी दिइएको छ ।

लामाले विद्रोही उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *