दीपशंकर चाैलागाईदाेलखा १५ बैशाख । नेपाली कांग्रेस भिमेश्वर नगरपालिकाले स्थानीय निर्वाचनमा आफ्नो पोल्टामा अधिकतम मत तान्दै विजयी हुने लक्ष्यका साथ घरदैलो अभियानलाई तीव्रता दिएको छ ।
सर्वसम्मत उम्मेदवार टुंगो लगाई चुनावी प्रचारमा केन्द्रीत भएको नेपाली कांग्रेस भिमेश्वर नगरपालिकाले ५० प्रतिशत मतदाताको घरदैलोमा पुगेको गठबन्धनका सर्वसम्मत मेयरका उम्मेदवार ईश्वर नारायण मानन्धरले जानकारी दिए ।
‘उम्मेदवार चयन प्रक्रिया सकिएसँगै हामी मतदाताका घरदैलोमा पुग्ने अभियानलाई अघि बढायौं,’ उनले भने, ‘घरदैलो अभियान पचास प्रतिशत पुग्न लागेको छ । त्यसपश्चात्त रणनीतिक निर्वाचन परिचालनका विकल्पमा हामी केन्द्रीत हुने छौं ।’
गठबन्धन बाट नेपाली कांग्रेसका ईश्वर मानन्धर मेयर र नेकपा समाजवादीकि संगिता पाख्रिन उपमेयर रहेकाछन । मानन्धर र पाख्रिन चुनावी प्रतिस्पर्धामा बलियो उम्मेदवार का रूपमा हेरिरहेको छ। मेयर र उपमेयरसहित वडाका उम्मेदवारहरुको चुनावी घरदैलो कार्यक्रम तीब्ररूपमा अघिबढेकाे छ।
घरदैलोका बेला मेयरका उम्मेदवार ईश्वर मानन्धरले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पूरा गरी छाड्ने बताए छन् । ‘निर्वाचनमा बोलिने र निर्वाचनपछि गरिने व्यवहारमा नेपाली कांग्रेस बाट र हामी उम्मेदवारबाट फरक पाउनुहुन्न,’ मतदाताहरुसमक्ष भोट माग्दै उनले भने, ‘हजुरहरुलाई गलत आश्वासन दिन्नौं तर बोलेका र प्रतिबद्धता गरेका वाचा पूरा गरी छाड्छौं ।’ उम्मेदवार मानन्धरले निर्वाचनमा आफूसहितका गठबन्धनका उम्मेदवार लाई मतदान गरी आगामी पाँच वर्ष सेवक हुने मौका प्रदान गर्न अनुरोध गरे ।
भिमेश्वर नगरलाई महानगर स्तरीय मोडलमा विकास गर्न भएपनि गठबन्धनलाई जिताउन मतदाता समक्ष उनको आग्रह छ ।भिमेश्वर नगरपालिकामा हाल सम्म नेपाली कांग्रेस र नेकपा एस बिच मात्र गठबन्धन भएकाे छ ।भिमेश्वर नगरपालिकामा नेकपा एमाले, माओवादी केन्द्र लगायतका दलहरुले समेत प्रचार थालेका छन् ।
Leave a Reply