दाेलखा ३ बैशाख। नेकपा एमाले बैतेश्वर गाउँपालिका वडा नम्बर-१ गैरिमुदी साविक ४का गाउँ कमिटी अध्यक्ष श्याम तामाङ सहित दर्जनौं एमाले कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
तामाङ सहित १४ जना वडा कमिटी सदस्यहरुले सामुहिक रूपमा एमाले पार्टी छाडेर कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति छवि लामाले जानकारी दिए।कांग्रेसको जिल्ला कार्यसमितिको बैठकमा पार्टी कार्यालय दोलखामै आएर कांग्रेसको सदस्यता लिएका हुन्।एमालेले लामो समय शासन र जिम्मेवारी निकाय पुगेपनि गैरीमुदिको बिकासमा चासो नदिएकाले आफुहरुले कांग्रेस पार्टी रोज्नु परेको श्याम तामाङले बताए।
नवप्रवेशीहरुलाइ स्वागत गर्दै कांग्रेस दोलखाका सभापति बर्मा लामाले जिल्लाभर कांग्रेस प्रवेश गर्नेको लर्को लागेकाले कांग्रेसले बैतेश्वर गाउँपालिका र सबै वडामा बिजय हासिल गर्ने बताए। स्थानीय निर्वाचनमा नेपाली कांग्रेस जित सुनिश्चित तर्फ उन्मुख रहेकाे छ ।
Leave a Reply