भयरहित बाताबरणमा मत खसाल्ने अबस्थामा बनाई देऊ सरकार,स्वाभिमानी दाेलखाली यही भनिरहेकाछन,

 पब्लिक संवाददाता      सोमवार, चैत्र २८, २०७८      0

दाेलखा जिल्लाका केही पालिकाहरूमा स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनेमा नागरिक हरू सशंकित छन ।बहुदलिय ब्यबस्था अाए देखि हाल सम्म नागरिकले स्वतन्त्र रूपमा मतदान गर्न पाएका छैन ।२०४८ सालमा दाेलखाकाे मृगेबाट सूरू भएकाे मतदानमा स्थलमा रहेकाे बुथ कब्जा हाल अाएर धेरै पालिका काे लागी मार्ग निदेर्शक बनेको छ ।बुथ कब्जा गरेर मात्र जित हासिल गर्न सकिदाे रहेछ भन्ने मानसिकता बाट ग्रसित दाेलखाका राजनैतिक दलले निर्वाचन मा नैतिकता नै गुमाउने गरेकाछन । निरह बन्दै अाएकाे छ दाेलखाकाे स्थानीय प्रशासन ।पटकपटक वालिकमताधिकार बाट नागरिक बञ्चित हुदासम्म अधिकार दिलाउन सक्दैन। नागरिक ले शान्ति सुरक्षाकाे अनुभुति गर्न पाएका छैनन। जाे जाेगी अाए पनी कानै चिरेकाे उक्ति स्थानीय प्रशासनबाट केही पालिका नागरिक ले महशुस गरेकनछन। मतदान गर्न नपाउने नागरिककाे पीडा अबकाे सुरक्षा निकायले हल गर्ला त स्वाभिमानी नागरिकको प्रश्न छ ?स्थानीय प्रशासनलाई । दाेलखाकाे बैत्यश्वर १,२ , ४,५ ,गाैरिशंकर गाउँपालिका ५,६,6, तामाकोसी ३,५,मेलुङ ३,७,शैलुङ१,२ का नागरिकले भयरहित ढंग मतखसाल्ने दिन कहिले अाउँछ,यिनिहरूकाे पिडा कसले सुन्ने।
निर्वाचन सत्ता परिवर्तन वा सत्ता प्राप्तिको माध्यम हो । निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित हुन नसकेको गुनासो प्रायः सबैजसो दाेलखामा सुन्ने गरिन्छ । राजनीतिक दलको निर्वाचनसम्बन्धी भूमिगत गैरकानुनी क्रियाकलाप, निर्वाचनमा पैसा र बाहुवलको प्रयोग, मतदानका लागि भयपूर्ण वातावरण, , मतदान तथा मतदानका लागि शान्तिपूर्ण वातावरण निर्माण गर्न उदासिन हुने प्रवृति चुनौती हुन् । सरकार आफ्नो दलप्रति लालची भयो भने कर्मचारीतन्त्र र प्रहरी प्रशासन परिचालन गरेर मत परिणाम बदल्ने कुचेष्टामा लाग्न सक्छ । सरकार तटस्थ हुन नसक्नु निर्वाचन क्षेत्र निर्माणमा जेरिमेन्डरिङ गर्नु, उम्मेदवार र मतदाताको सुरक्षा गर्न नसक्नु तथा पर्याप्त बजेट उपलब्ध गराउन नसक्नु सरकार सम्बन्धित समस्या हुन् ।स्थानीय तहको निर्वाचनले देशमा सरगर्मी बढेको छ । स्वतन्त्र र निष्पक्ष निर्वाचन प्रजातन्त्रको आधारभूत तत्व हो । आफ्नो प्रतिनिधि छान्ने नागरिकको संवैधानिक अधिकार हो । आवधिक निर्वाचन प्रणाली जनताले आफ्नो आवाज र विचार मुखरित गर्ने तथा आफ्नो विचार र प्राथमिकतासँग मेल खाने प्रतिनिधि छनोट गर्ने अवसर हो ।
निष्पक्ष निर्वाचनको आरम्भ स्वतन्त्र मतदाता नाम दर्ताबाट सुरु हुन्छ । मतदातालाई आवश्यक सबै सूचनामा पहुँच, सबै नागरिकलाई निर्वाचनमा उम्मेदवार बन्ने समान मौका, सबै मतदाताले मतदान गर्न सक्ने सहज वातावरण, मतदाताको सुरक्षा, निर्वाचन धाँधलीको शून्यता, विधिसम्मत र पारदर्शी मत गणना तथा मत परिणामको सम्मान निष्पक्ष र स्वतन्त्र निर्वाचनका आधारभूत पक्षहरू हुन् ।
निर्वाचनलाई स्वतन्त्र निष्पक्ष बनाउन सरकार, राजनीतिक दल, नागरिक, समुदाय र निर्वाचन आयोग जिम्मेवार बन्नु र आआफ्नो भूमिका इमानदारीपूर्वक निर्वाह गर्नुपर्दछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *