महिलालाई चुनाव लड्न आर्थिक तगारो,आकांशीकाे १० प्रतिशतलाई पनि अध्यक्ष पदकाे उम्मेदवार नबनाउने पक्का

 पब्लिक संवाददाता      सोमवार, चैत्र २८, २०७८      0
journalist

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा विगतमा जनप्रतिनिधि बनेका बढी महिला नै मुख्य पदको  आकांक्षी बनेका छन्। तर‚ निर्वाचन खर्चिलो हुने डरले उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा अझै अन्योल देखिन्छ।

स्थानीय तह उपप्रमुख पदको जिम्मेवारी सम्हालिरहेका महिलाहरू प्रमुख पदका आकांक्षी बनेका छन् भने वडासदस्यहरू अब वडाध्यक्षका लागि जिकिर गरिरहेका छन्। सम्बद्ध राजनीतिक दलले वडाध्यक्ष बन्नका लागि २० लाखदेखि २५ लाख रूपैयाँसम्म खर्च लाग्छ भन्न थालेपछि उनीहरु अन्योलमा परेका हुन्।

‘टिकट पाए  वडाध्यक्ष जित्छु र चलाउन पनि सक्छु भन्ने हिम्मत छ तर चुनावमा खर्च गर्ने  पैसा छैन,।एक सदस्य ले भन्नछिन ‘२५ लाख रूपैयाँ खर्च लाग्छ वडाध्यक्षको चुनाव लड्न भन्छन्। घर बेची चुनावी खर्च गरेर सडकमा बस्न सकिँदैन।’

महिलालाई आर्थिक अधिकार नहुँदा चुनावमा उम्मेदवारी दिन समस्या भएको उनको भनाइ छ। आफ्नो वडाध्यक्ष पदकाका लागि जिकिर भए पनि पैसाका कारण समस्या भइरहेको बताउँछिन्। विगतमा जनताको मन जितेकाले र फेरि मत जित्ने गरी आउन सक्ने भए पनि राजनीतिक दलले पैसालाई महत्व दिएका कारण निरास हुने परिस्थिति सिर्जना भएको उनी बताउँछिन्पैसालाई महत्व नदिएर सक्षम र क्षमतावान महिलालाई टिकट मात्र दिने हो भने चुनाव जितिन्छ।’

महिलाको नाममा सम्पत्ति भए पनि खर्च गर्ने अधिकार नहुँदा समस्या भएको उनि बताउँछिन्। ‘श्रीमानले आफू चुनाव लड्नु पर्‍यो भने भएको सम्पत्ति बेचेर पनि खर्चको जो हो गर्नुहुन्छ‚’ उनी भन्छिन्, ‘तर हामीलाई त्यो अधिकार हुँदैन अनि कोसँग पैसा मागेर चुनाव लड्नु?’ चुनाव लड्न महिलालाई आर्थिक तगारो बनेको उनको भनाइ छ।

पैसाको आधारमा भन्दा पनि राजनीतिमा गरेको योगदानका आधारमा टिकट नदिए सक्षम र क्षमतावान् महिला राजनीतिबाट ओझेल पर्ने दाेलखाली महिलाहरुको गुनासो छ। उनीहरूले चुनाव भड्किलो र खर्चिलो भएका कारण राजनीतिक भ्रष्टाचार मौलाउन थालेको टिप्पणी गरेका छन्।दाेलखामा भिमेश्वर,जिरि नगरपालिका तथा कालिञ्चाेक,शैलुङ,गाैरिशंकर,मेलुङ,तामाकोसी गाउँपालिकाका उपप्रमुखहरूले आगामी निर्वाचनमा मुख्य पदमा उम्मेद्वारी दिने तयारी गरेका छन्। दाेलखाका ७४ वडामा नेपाली कांग्रेसका २७ वडा,नेकपा एमालेले २९ वडा माओवादीमा १७ वडामा महिलाहरूले अध्यक्षमा उम्मेदवारकाे दाबि गरेकाछन । पार्टीका शिर्षस्त नेताहरूले अाकांशिकाे १०प्रतिशतलाई पनि अध्यक्षपदकाे उम्मेदवार बनाउने छाँटकाँट देखिदैन । भाषणमा मात्र महिला नेतृत्वको चाहिन्छ ,अाधा अाकाश ढाक्ने महिलाको समान नेतृत्व हुनु पर्छ भन्ने जालि कुरा भन्न मात्र सिमित छन शिर्ष नेताहरू।धर्तीमाताकाे सम्मान गरे तिमी दलहरू पनि गन्तव्यमा पुग्छौं नत्र बिचमै अल्मलिने छाै।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *