बैत्यश्वरमा गठबन्धनकाे जित गराउने कडी हुन उपाध्यक्षका उम्मेदवार अधिकारी

 पब्लिक संवाददाता      आइतवार, चैत्र २७, २०७८      0

नेपाल कम्युनिष्ट पार्टी माओवादीका लाेकप्रिय नेता एवमबैत्यश्वर गाउँपालिका ८का वडा अध्यक्ष रमेश अधिकारीले पालिकाकाे उपाध्यक्ष पदमा उम्मेदवारी घाेषणा गरेकाछन । पाँच दलिय गठबन्धन हुदा माओवादीलाई उपाध्यक्ष पद आएमा पालिकाकै लाेकप्रिय जनपक्षीय नेता अधिकारीकाे उपयुक्त उम्मेदवार हुनेछन। भाैगाेलिक आधारमा पनि अधिकारीकाे दाबि उपयुक्त रहेको छ। विकास निमार्णकाे काममा दाेलखाका ७४वटै वडामा उत्कृष्ट सावित भएका अधिकारी अार्थिक पार्दर्शिता उनकाे साैर्दयता हाे।यसै कारणा नागरिककाे मन जित्न सफल उनी गठबन्धन लाई निर्वाचन जिताउने कडी बन्ने छन ।
निर्वाचन अाफु मात्र जित्ने हाेईन गठबन्धन लाई नै सहजरूपमा जिताउने उम्मेदवार अधिकारी बिकल्प अरू नभएकाे माअाेवादी नेता भरतराेहन श्रेष्ठले दाबि गरे ।
प्रतिपक्ष संग मुकाविला गर्दा हाेस या सरकार बिरूद अान्दोलन गर्दा हाेस जिल्लामा अग्रपंक्तिमा रही निरन्तर लागि रहने अधिकारी सबैका माई डियारका रूपमा परिचित रहेकाे श्रेष्ठले बताए ।
नागरिक मैत्रि ब्यबहारका धनि अधिकारी अहाेरात्र नागरिकको स्वास्थ सेवामा खटिरहेकाछन ।
काेभिडले नागरिकलाई चरम आक्रमण गर्दा उनिहरूकाे जीवन रक्षाका लागि ४० जना स्वास्थ्यकर्मी क्षेत्रपाकाे भुमिमा ल्याई स्वास्थ उपचार गराउन सफल अधिकारी ले पुन पाठेघर खस्ने समस्या समधानका लागि शिविर राखी उपचार गराएकाछन ।
अाफ्नाे समस्या अरूलाई भन्न गार्‍हो मानेका कारण अधिकांश आमा, दिदि बहिनीहरूमा देखा पर्ने पाठेघर खस्ने समस्याकाे उपचारकाे लागि शिविर राखेका हुन। लाेकप्रिय नेता अधिकारी यहाँका नागरिकको लागि भगवान सावित भएकाछन ।
खासगरी पाठेघरलाई टेवा दिने तन्तुहरूमा कमजोरी देखिंदा आङ खस्छ । सुत्केरी व्यथामा पाठेघरको मुख पूर्ण रूपमा खुल्नुअगावै व्यथा लागेकी महिलालाई कन्न लगाए, पेट थिचे गरे, पहिलो पटक शिशु जन्माउँदा योनिद्वार ठूलो पार्ने घाउ नबनाए, सुत्केरी व्यथाका क्रममा च्यातिएको घाउ राम्रोसँग नसिलाए, सुत्केरीपश्चात् यथेष्ट आराम नगरे, गार्‍हाे काम वा भारी उठाउन थाले, यथेष्ट जन्मान्तर नराखे, लामो र कष्टपूर्ण व्यथा लागे आङ खस्ने समस्या देखा पर्न सक्छ ।सुत्केरी अवस्था देखिनै शारीरिक ब्यायाम, जस्तो केगल ब्यायाम तथा योगासन गर्नाले पाठेघरको तन्तु तथा वरिपरिको मांसपेशी बलियो बनाउन सकिन्छ। पाठेघर झरेको अवस्था पहिचान गरि चुरा आकारको रवर वा प्लास्टिकले बनेको रिंग पेसरी राक्नु पर्छ जसले पाठेघरलाई आफ्नो स्थानमा राख्छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *