दीपशंकर चाैलागाई
दाेलखा २६ चैत ।दोलखा-जनकपुरधाम सांस्कृतिक सहकार्यका लागिभीमेश्वर नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाबीच सम्पन्न भगिनी सम्बन्ध समदारीपत्र हस्ताक्षर भएकाे छ।
दोलखाको गौरीशंकर हिमालसँगै जोडिएको हिमालय शिव सभ्यता र जनकपुरका राजा जनक तथा रामायणकालदेखि अझ सुदृढ भएको धार्मिक तथा सांस्कृतिक सम्बन्धदेखि नै दोलखा-जनकपुर अटुट रुपमा जोडिएकाे भन्दै जनकपुर उपमहानगर पालिका मेयर लाल किशोर सिंह र भिमेश्वर नगरपालिका मेयर भरत केसी बिच समदारीपत्र हस्ताक्षर भएकाे हाे।
यसलाई भीमेश्वरको आस्थाले थप बलियो बनाएको छ । हृदयमा शिव सीताराम र भीमेश्वर कालिञ्चोकको आस्था रहुञ्जसम्म यो सम्बन्ध अटुट रहने गरि समदारीपत्र हस्ताक्षर भएकाे छ ।
आध्यात्मिक रुपमा शिव पुराण, रामगीता र अष्टावक गीता अटुट रुपमा जोडिएका छ ।दोलखाको प्रशासनिक सम्बन्ध जनकपुरमा रहेदेखि नै जोडि हो। संघीय गणतन्त्रले माग गरेको बहुभाषिक तथा बहुसांस्कृतिक पहिचान र सहअस्तित्व, विशेषतः हिमाल, पहाड, तराइ सम्बन्धलाई मजबुत बनाउने आधुनिक कसीको रुपमा पौराणिक शिव, सीताराम, अष्टावक्र भीमेश्वर कालिञ्चोक एकताका लागि सांस्कृतिक तथा साहित्यिक विम्बका रूपमा लिनु पर्ने जनकपुर उपमहानगर पालिकाका मेयर लालकिशोर सिहले बताए । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य र चौधौं शताब्दीका मैथिली महाकवि विद्यापति दाेलखाले सधै सम्झने छ।
जनकपुरमा पुनः सञ्चालनमा आएको रेल सेवाले दिल्ली दोलखासम्मको सांस्कृतिक सम्बन्ध बढाउनसक्ने ढोका खोलेको छ।भविष्यमा सम्भवतः चीनको बि आर आई परियोजनाले समेत चीन नेपाल भारतलाई एकै टोलका छिमेकी जस्तो/ बनाउनसक्ने सम्भावना पनि खुलिरहेको छ ।दक्षिण राजमार्गको सुविधाले यी दुई बीचको भौगोलिक दुरीलाई अत्यन्त नजीकहुदै छ भिमेश्वर नगरपालिका का मेयर भरत केसीले भने।
पौराणिक कालदेखिको सम्बन्ध र सम्पदालाई आधुनिक कालमा विकासका बहुपक्षीय आयामहरुमा सक्रिय योगदान गर्दै सभ्य, शान्त, सुखी र खुशी नेपाल निर्माणमा योगदान गर्ने परिकल्पनासहित रामनवमीको शुभ साइतमा भीमेश्वर र जनकपुरधाम नगरबीच यो भगिनी सम्बन्धलाई औपचारिक घोषणा गरिएको भिमेश्वर नगरपालिका का मेयर केसी ले जानकारी दिए।
सांस्कृतिक पौराणिक कालिन सम्पदा र सम्बन्धहरुलाई अक्षुण्ण राख्ने । सामाजिक हिमाल पहाड तराइबीचको एकता र सहकार्यलाई नयाँ आयामबाट अझ बलियो बनाउने ।आर्थिक सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुलाई दिगो विकास र आयस्रोतको आधार बनाउने पर्यावरणीय हाम्रा सांस्कृतिक, सामाजिक तथा धार्मिक परम्परामा रहेका पर्यावरण संरक्षणमा विधिहरुलाई संरक्षण र प्रवर्धन गर्दै तिनलाई जलवायु प्रकोप न्यूनीकरणमा विश्व अभियानको मूलधारमा ल्याउने भिमेश्वर नगरपालिका का उपमेयर कमला बस्नेतले बताईन ।उनले भनिन् राजनीतिक एकता र विकासका लागि राजनीतिक सहकार्य र आपसी विश्वासलाई मजबुत बनाउने छ।
भीमेश्वर र जनकपुरबीचको क्षेत्रलाई सांस्कृतिक करिडोरको रुपमा विकास गर्ने बस्नेतले बताईन ।भित्र पर्ने स्थानीयतह र सांस्कृतिक, साहित्यिक सम्पदाहरुलाई एउटै करिडोर क्षेत्रको रुपमा प्रवर्धन गर्ने।त्रिदेशीय सांस्कृतिक पर्यटन क्षेत्र प्रवर्धनका लागि विशेष पहल गर्ने भिमेश्वर नगरपालिका का उपमेयर बस्नेत भनिन् ।उनी भनिन्छ पाैराणिक काल देखि अलौकिक सम्बन्ध रहेको हालको प्राचिन नगरी ढाल्खा, दोलखा र मिथिलाञ्चल समय काल परिस्थितिले सम्बन्ध साँघुरिदै गए पनि विगत केहि समय अगाडी सम्म जनकपुर अञ्चलमा एक शुत्रमा बाँधिएको जगजाहेरै छ
नेपालको राजनैतिक परिवर्तन पश्चात प्रदेश नम्बर २ र ३ पौराणिक कालको हरेक सम्बन्धहरुमा कत्ति पनि फरक परेको छैन । अञ्चल अवधारणाको रुपमा ६ जिल्लाको समावेशमा एउटै अञ्चल भए पनि सडक सञ्जालले नछोएको कारण सुदुर उत्तरमा रहेको दोलखाबाट सुदुर दक्षिण जनकपुर जलेश्वर पुग्न काठमाढौँ हुदै यात्रा गर्नु पर्दा २ दिन लाग्थ्यो जस्को कारण एउटै अञ्चलवासी भए पनि सम्बन्ध त्यत्ति सुमधुर हुन सकेको थिएन ।तर अहिले पाँच घण्टा मात्र समय लाग्ने समाजसेवि शान्तकृष्ण श्रेष्ठले बताए।
सम्झे आफ्नो पुर्खा आफ्ना पौराणिकता सत्य, त्रेता द्वापार युग र वर्तमान युग मध्य त्रेता युगमा रामका गाथा, जानकी माताका गाथा श्रृश्विर ऋषिका महिमा । यि तिन कारण दोलखा र जनकपुर अध्यात्म किसिमले सांस्कृतिक किसिमले एक अर्का प्रति अन्योन्याश्रित छन् । राम, भरत, लक्ष्मण र शत्रुघणहरुको लागि राजा दशरथले पुत्रेश्यु यज्ञ जरुरी भयो र दोलखाको सुनखानीमा कैलाश पर्वत सम्मुख ध्यानमा रहनु हुन्थ्यो श्रृङ्गश्वर ऋषि र राजा दशरथको आग्रहमा पुत्रेश्यु यज्ञ गर्न गराउन अयोध्या जानु भयो । यज्ञ भयो जस्को कारण राम सहित चार भाईको जन्म भयो । श्रृषि ऋषिको तपोभुमि दोलखाको नाता अयोध्या र जानकी माताको माईत जनकपुर धाम संग त्यसै प्रगाढ हुने नै भयो । लक्ष्मण युद्धमा वेहोस भएपछि संजिवनी बुटी लिन रामभक्त हनुमान आउनु भयो र कैलाश पर्वत वरिपरि खोज गर्दै कहाँ पाईन्छ भनेर अग्लो डाँडाबाट नजर लाउनु भयो हाल त्यसै स्थान हनुमन्तेश्वर नामले चिनिन्छ । यस कारण पनि दोलखा रामायण युगमा समेत महत्वपुर्ण भएकोले दोलखा प्रख्यात भएको समाजसेवी श्रेष्ठले जानकारी दिए।
पौराणिकतालाई जानकी मातासंग जोड्दै अयोध्या सम्म पुग्ने कार्यक्रम अघि सार्न दोलखा जनकपुर दोलखा हुँदै अयोध्या सम्म पुग्ने गन्तव्यको परिकल्पना गरिएको छ । अध्ययनको क्रममा मिथिलाञ्चललाई चारैदिशाबाट परिवेष्टित गरिएको जानकारी अनुसार पुर्वमा आसाम भिमेश्वर, पश्चिममा गण्डक भिमेश्वर, दक्षिणमा कोशिगंगा दोभान भिमेश्वर र उत्तरमा रहेको भिमेश्वर कुन हो भनि सम्बन्धित व्यक्तित्वहरु अनभिज्ञ थिए । यहि प्रमाण लिंदा मिथिलाञ्चलको सभ्यतामा दोलखाको अस्तित्व अत्यन्तै महत्वपुर्ण ठहरिन आयो । श्रृद्धि ऋषिले दोलखाको सुनखानीमा तपस्या गरिरहँनु हुँदा अयोध्याका राजा दशरथको अनुरोधलाई स्वीकार गर्दै पुत्रेश्यु यज्ञ गरेपछि राम लक्ष्मण सहित भाईहरुको जन्म भएकोहाे।
Leave a Reply