दाेलखा २६ चैत ।आउने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले दाेलखाका सबै वडा, पालिका र जिल्ला समन्वय समितिसम्मै एमालेविरुद्ध तालमेल गर्ने सहमति जनाएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम लाेक प्रिय नेता दाेय जिपछिरिङ शेर्पा ,कुन्दन राज काफ्ले,नेपाली कांग्रेस दाेलखाका सभापति बर्मा लामा,बागमती सरकारका बन तथा बाताबरण मन्त्री एवम नेपाल कम्युनिस्ट पार्टी माओवादीका युवा नेता विशाल खड्का ,नेपाल कम्युनिस्ट पार्टी माओवादी पाेलिट ब्युराे सदस्य देवी खड्का,केन्द्रीय सदस्य नरबहादुर पाख्रिन ,जिल्ला ईन्चार्ज कुलबहादुर बुढाथोकी ,नेपाल कम्युनिष्ट पार्टी समाजवादीका पाेलिट ब्युरो सदस्य शिव भण्डारी,केन्द्रीय सदस्य गाेपाल न्याैपाने,केन्द्रीय सदस्य रविन्द्र कार्की ,जिल्ला अध्यक्ष भिम दहाल,घनश्याम रिजालले दाेलखाका सबै वडा, पालिका र जिल्ला समन्वय समितिसम्मै एमालेविरुद्ध तालमेल गर्ने सहमति जनाएका छन् ।
गठबन्धनले नाै वटै पालिकामा सहजरूपमा बिजय हुने अनुमान गरे पछि पालिका छान्ने मा विवाद नभएको बार्तामा सहभागी गठबन्धन दलका एक सदस्यले बताए ।
उनले भने सबै पालिकामा ,गठबन्धनले जित्ने भए पछि दाेलखाका एमाले नेता पार्वत गुरूङ विपनामै बर्बराउन थालेका छन । गुरूङकाे दादागिरिकाे समाप्त हुने दिन नजिकदै आएकाे उनले दाबि गरे ।
Leave a Reply