नेकपा एमालेलाई एक्ल्याउने निर्णय दाेलखामा शसक्त बन्दै

 पब्लिक संवाददाता      बिहिबार, चैत्र २४, २०७८      0

सत्ता गठबन्धनमा सामेल दलबीच भएको चुनावी तालमेल गर्ने  सहमतिले दाेलखामा बढी चर्चा पाएको छ । राजनीतिक दलबीचको चुनावी तालमेल नयाँ होइन । २०४८ सालको आम निर्वाचनदेखि नै तालमेलको अभ्यास हुँदै आएको हो । २०४८ सालको आम निर्वाचनमा ‘एक वाम एक ठाम’ को नाराका साथ कम्युनिष्ट पार्टी नेपाली कांग्रेसविरुद्ध मैदानमा उत्रेर थियोे । सत्तारुढ गठबन्धनबीच  भएको चुनावी तालमेलले आवश्यकता भन्दा बढी चर्चा पाउनुको एउटै कारण हो, ‘नेकपा एमालेलाई एक्ल्याउने निर्णय ।’ यस अघि जुन पालिकामा जुन पार्टीसँग अनुकुल हुन्छ त्यसैसँग तालमेल भएको थियो । तर, यस पटक एमालेसँग कुनै पनि हालतमा तालमेल नगर्न सत्तागठबन्धनमा सहभागी दलले  आफ्ना स्थानीय संगठनलाई निर्देशन दिएका छन् । त्यसैले एमालेले विगतमा जस्तो आवश्यकता अनुसार कतै माओवादीसँग र कतै कांग्रेससँग तालमेल गर्न पाउने सम्भावना छैन ।

अघिल्लो स्थानीय निर्वाचनको जोड घटाऊ तथा सत्ता गठबन्धनको  निर्णयलाई आधार मान्ने हो भने विगतमा जितेका ९ पालिकामध्ये एमालेले उल्लेख्य पालिका गुमाउन सक्छ । एमालेले एक दुईवटा पालिकामै चित्त बुझाउनु पर्ने सम्भावना पनि आउनसक्छ ।  त्यसमाथि पनि एमालेबाट माधव नेपाल समूह बाहिरिएको छ । कति मदताता लिएर माधव समूह एमालेबाट बाहिरिएको छ ? भन्ने एकिन गर्नका लागि चुनावी परिणाम पर्खेनुबाहेक अर्को विकल्प देखिँदैन । तर, जति नेता तथा कार्यकर्ता एमालेबाट बाहिरिएको अवस्था छ, केही माओवादी केन्द्रबाट एमालेमा भित्रिएको अवस्था छ ।   यो लहर हेर्दा एमाले साेचेकाे जस्तो कमजोर छैन माओवादी हल्ला जस्तो बलियो छैन, निकै कमजोर भएको छ ।

नेपाली कांग्रेसले माओवादीको सहयोगले जति सिटमा जित हासिल गर्न सक्छ, एमालेले राप्रपाको संग त्यति सिट जित्न सक्दैन दाेलखामा ।गत स्थानीय तहको निर्वाचनका बेलाको भन्दा कांग्रेसको जनमत बढेको अनुमान गर्न सक्ने अबस्था छ यहाँ ।

१४ औं महाधिवशेनमार्फत केही लोकप्रिय युवा नेता नेतृत्व तहमा पुगेको अवस्थाबाहेक नेपाली कांग्रेस दाेलखामा  जनताको अाकर्षण थपिएको छैन ।  केही केन्द्रीय सदस्य भए दाेलखामा तर, उनिहरूमाथि जनआकर्षण छैन ।     त्यसैले एमाले विभाजित भएकोले कांग्रेस बलियो बनेको छ भनेर विश्लेषण गर्न हतार हुने हाे कि भन्ने आशंका छ।

पहिलो स्थानीय निर्वाचनमा दाेलखाका केही पालिकाहरूमा  कांग्रेस र माओवादीले एक आपसमा तालमेल गरे । केही पालिकामा सफल भए केहीमा बिफल भए । चुनावी तालमेलमा अपरिपक्व स्थिति थियाे साे बेला।

तीन दलीय गठबन्धनका लागि मुख्य चुनौती भनेकै सिट बाँडफाँड हो ।  स्थानीय संगठनले तालमेलको पक्षमा निर्णय गरेपनि सिट बाँडफाँडको   मामिलामा भने निर्णय गर्न सकिरहेका छैनन् ।  

सत्ता गठबन्धनका लागि देशैभरको चुनौती भनेको यही हो । तर, नेताहरुले बखेडा ननिकाल्ने हो भने यो चुनौती सामाना गर्न असहज छैन । तालमेलको मुख्य आधार केलाई बनाउने ? भन्ने  मोटामोटी सहमति सत्ता गठबन्धन भित्र भइसकेको छ ।गत स्थानीय निर्वाचनमा जुन पालिकामा जुन पार्टीले जितेको छ, त्यसलाई यथावत राख्ने सहमति भएको छ । एमालेले जितेका पालिकामा मात्रै भागवण्डा गर्ने सहमति भए सहज हुनेछ।

ठूला दल स्वयं नै गठबन्धन बनाएर चुनावमा होमिँदा मतदाताका लागि विकल्प कम हुने लगायतका अप्ठेरा छन् । तालमेलका सकरात्मक पक्ष पनि निकै छन् ।  पहिलो कुरा त स्थानीय तहमा  क्रियाशील सबै पार्टीको प्रतिनिधित्व हुने सम्भावना बढ्छ । दोस्रो कुरा एक पार्टी र अर्काेपार्टीका कार्यकर्ता तथा समर्थकबीच लामो समयदेखिको तिक्तता कम हुँदै जान्छ ।

गठबन्धनका उमेद्वारलाई गठबन्धनमा सामेल पार्टीका सबै मत खस्दैन । यस्ता मामिलालाई  सत्ता गठबन्धनमा सामेल दलले ख्याल गरेनन भने चुनावी तालमेल घातक हुने निश्चित छ । ५५प्रतिशत  मत नकट्ने सम्भावना रहेका पालिकामा भने जुन पार्टी ठूलो छ उसैलाई अघि लगाइएन भने चुनाव जित्ने सम्भावना रहन्न । तालमेल गर्दा ५ प्रतिशत मतको चुहावट हुने सम्भावना निश्चित जस्तै हुन्छ ।

साना दलले हेपिएको महसुस गरे भने पनि  मत चुहिने सम्भावना बढ्छ । तालमेल गरेर जाँदा पनि गत स्थानीय निर्वाचनको जस्तै परिणम आयो भने वर्तमान सत्ता गठबन्धनमा सामेल दलमाथि सामान्य संकट उत्पन्न हुँदैन । कतिपय दलको त अस्तित्व लोप हुने सम्भावना रहन्छ । कित गठबन्धन गर्नै हुँदैन, गठबन्धन गरिसकेपछि हार्नै मिल्दैन ।
देशमा हर्ने हाे भने गत  स्थानीय निर्वाचनमा सबैभन्दा धेरै   स्थानमा नेकपा एमालेले चुनाव जितेको थियो ।  जसमध्ये  सय भन्दा बढी स्थानमा एमालेले माओवादी, राप्रपालगायत अन्य दलसँग तालमेल गरेर चुनाव जितेको थियो । रुकुम रोल्पातिरका कतिपय पालिकामात्यतिबेला माओवादीविरुद्ध कांग्रेस र एमालेबीच पनि तालमेल भएको थियो । गत स्थानीय निर्वाचनमा २ सय ६६ पालिकामा चुनाव जित्दै दोस्रो  ठूलो पार्टी बनेको नेपाली कांग्रेसले पनि अन्य पार्टीसँग निकै धेरै ठाउँमा तालमेल गरेको थियो । त्यतिबेला करिव एक सय वटा पालिकामा कांग्रेसले अन्यपार्टीसँग तालमेल गरेको देखिन्छ । ती पालिकामध्ये तालमेलकै कारण  कांग्रेसले २६ सिट जितेको थियो । उदाहरणका लागि  कांग्रेसले माओवादीसँग तालमेल गरेर दोलखामा मात्रै दुई वटा पालिका जितेको थियो ।
१ सय ५ वटा पालिका जितेर तेस्रो ठूलो पार्टी बनेको माओवादी केन्द्रले पनि व्यापक तालमेल गरेको थियो । १ सय ५ वटा मध्ये माओवादीले करिब ५४ वटा पालिका  कांग्रेस, एमाले, मधेसवादी लगायतसँग तालमेल गरेर जितेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *