कर्तब्य सिकाउन जरुरी भएकाे मेयर केसीको दाबि

 पब्लिक संवाददाता      बुधबार, चैत्र २३, २०७८      0

दीपशंकर चौलागाई ,दोलखा २३ चैत । नागरिकलाई हरेक समाजिक संघ संस्थाले आप्mनो अधिकार के हो भन्ने बिषयमा पोख्त बनाए तर कर्तब्य नसिकाएका कारण समाज सम्बृद्ध हुन नसकेको दाबि भिमेश्वर नगरपालिकाका मेयर भरत केसीले गरेकाछन ।
गैरसकारी संघ संस्थाले अगामी दिनमा नागरिकलाई आप्mनो कर्तब्य के हो भन्ने बिषयमा प्रशिक्षण दिन जरुरी भईरहेकोे बताउदै मेयर केसीले भने यो अभियानमा सहकार्य गर्न नगरपालिका तयार छ ।
नेकपा एमाले दोलखाका ईन्चार्ज ईश्वरचन्द्र पोखरेलले २०४६ साल पछि देशमा रहेका मानबअधिकारवादी संस्थाले राजनैतिक अधिकारका बिषयमा अभियान चलाए, दश बर्ष युद्धकालिन समयमा नरसंहार बिरुद्ध अभियान चलाए, अबका दिनमा बालबालिका अधिकार जेष्ठ नागरिक अधिकार,महिला अधिकार,वालिकमताधिकारको अधिकारलाई मुख्य एजेण्डा बनाएर अभियान संचालन गर्नु पर्ने आवश्यक छ ।
मानवअकिार सचेतन तथा विकास केन्द्र (हुराडेक)को २९ औ साधारण सभालाई सम्बोधन गर्दै पोखरेलले जनताको मताधिकारको अधिकार सुरक्षित गर्न नेकपा एमाले दोलखा सधैं प्रतिबद्ध रहेको बताए। जनताको अधिकार लुट्न खोज्नेलाई नेकपा एमाले ले प्रतिकार गर्ने छ,उनले भने । मानवअकिार सचेतन तथा विकास केन्द्र (हुराडेक)का संस्थापक अध्यक्ष स्वार्गीय पशुपति चौलागाईको स्मृतीमा स्थापना गरेको पुरस्कारबाट होमपाठक पुरस्कृत भएकाछन ।
मानवअकिार सचेतन तथा विकास केन्द्र (हुराडेक)को अध्यक्ष उदवप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न २९ औ साधारण सभालाई बरिष्ठ मानबअधिकारकर्मी होम पाठक, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा , नेपालबार एशोशियसन दोलखाका अध्यक्ष एवम नागरिक अगुवा कृष्णबहादुर बस्नेत ,जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाई,नेपाल पत्रकार महासंघका दोलखाका पूर्व अध्यक्ष जिबन लामा लगायतले सम्बोधन गरेकाछन । अधिवेशनले पून उदव प्रसाद पोखरेको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *