दीपशंकर चौलागाई
दोलखा १६ चैत । नेपाल प्रहरी देश र जनताको सेवामा सधैं समर्पित रहेको डिआईजी प्रकाश जंग कार्कीले बताए । अत्याधुनिक भवनको कर्याकक्षमा बसेर प्रहरीले छिटो छरितो रुपमा देश र जनताकाे सेवा गर्ने छ, कार्कीले भने ।
पर्यटकीय शैलुङको भैसेमा प्रदेश सरकार दुवारा निमार्ण सम्पन्न प्रहरी चौकीको उद्घाटन गर्दै डिआईजी कार्कीले प्रहरीले स्थानिय जनताको समस्यालाई बुझेर उनीहरुकै मन मुटुमा रहेर काम गर्न निर्देशन दिए ।
कानुन भन्दा कोही छैन माथि सुख दुखमा प्रहरी सधैं जनताको साथी भन्ने मार्ग निर्देशनलाई आत्मसाथ गरि नेपाल प्रहरीले काम गरिरहेको डिआईजी कार्कीले दाबि गरे ।
शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले भन्छन आठ वटा वडा रहेको एउटा गाउँपालिकामा शान्ती सुरक्षाको लागी तिनवटा प्रहरी बिटले हेर्ने हुदा कोडिनेसन गर्न आुफलाई गार्हाे भएको छ । इलाका प्रहरी कार्यालय मागापौवामा प्रहरी निरिक्षकको दर्बन्दी स्थापित गरि पुरै गाउँपालिका मागापौवाले नै हेर्ने अबस्था बनाई दिन बाग्मती प्रदेशका प्रहरी प्रमुख डिआईजी प्रकाश जंग कार्कीलाई अनुरोध गरे ।
उनले देशै प्रमुख गन्त्ब्य स्थल बन्ने सम्भावना बोकेकाे शैलुङ क्षेत्रको कालापानीमा प्रहरी चौकी राखी दिन समेत आग्रह गरे । दैनिक दुई तिन सय आन्तरिक तथा बाह्यय पर्यटक आउने हुदा पर्यटकको लागी पनि चौकी अपरिहार्य रहेको अध्यक्ष दुलालले बताए ।
शैलुङ क्षेत्रको सुरक्षाको लागी ढुक्कहुने अबस्था प्रहरी चौकीको भवन निमार्ण पछि भएको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताए । समाजमा अपराधी घटनामा संलग्नहरुलाई प्रहरी हिरासदमा राखी कानुनी कार्वाही गर्न महिला पुरुष छुटाछुटै राख्ने सकिने कक्ष बनाई भवन निमार्ण भएकोमा प्रजिअ खतिवडाले भवनको तारिफ गरेकाछन ।
भौतिक पूर्वाधार निमार्णले नेपाल प्रहरी कर्मचारीहरुको कार्य क्षमतामा सकारात्मक प्रभाव पार्न दोलखाका प्रहरी प्रमुख डिएसपी गंगाप्रसाद पौड्याले प्रष्टपारे । सुविद्या सम्पन्न भवनको उपयोग गर्दै आगामी दिनमा झन प्रहरीबाट दिने सेवा प्रभावकारी हुने , अनुसन्धान सहज र सुरक्षित हुने,मानव अधिकारका पेचिला प्रश्नहरु, पेचिला सवालहरु सम्बोधन हुने बिश्वास आफुले लिएको डिएसपी पौड्यालले बताए ।
आफ्नो नेतृत्वमा रहेको दोलखा प्रहरी नगरिक मैत्रि रहेको दाबि गर्दै डिएपी पौड्यालले भने प्रहरीले गरेका हरेक कार्य सफल रहन नागरिको मन जितेको हुन पर्छ । अपराध रोकथाम अनुसन्धान तथा शान्ती सुरक्षा कायम गर्न प्रहरीको मुख्य काम भएको उनले बताए ।
प्रहरी चौकी भैसेको उद्घाटन समारोहमा जग्गा दान गर्ने ब्यक्तित्वहरु,स्थानिय समाजसेविहरु,स्थानिय राजनैतिक दलका प्रतिनिधिहरुलाई कदरपत्र प्रदान सम्मान गरिएको छ । २०७६ माघ ६ गते सम्झौता गरि भवन बनाउन सुरु गरे पनि कोभिड जस्ता महामारी कारण २०७८ कार्तिक ७ गते नै सम्पन्न भएको बरिष्ठ प्रहरी नायव निरिक्षक लोकदर्शन देवकोटाले जानकारी दिए । यो भवन निमार्णको लागी २ करोड ९ लाख ४१ हजार १ सय ४२ रुपैया ६३ पैसा खर्च भएको बरिष्ठ प्रहरी नायव निरिक्षक देवकोटाले बताए ।
Leave a Reply