दीपशंकर चाैलागाई
दाेलखा १४ चैत।टेलिभिजन, बाद्यावादकका सामान, पौराणिक तथा धार्मिक किताव सहित जेष्ट नागरिकका लागि बस्न उचित व्यवस्था गर्दै दाेलखाकाे तामाकोसी पालिका पराेपकार केन्द्रका रूपमा स्थापित भएकाेछ ।
जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण नियामित गर्न एक जना स्वास्थ्यकर्मीकाे समेत ब्यबस्था गर्न गाउपालिका लागि परि रहेको छ।तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले एकै दिन चारवटा सेवा केन्द्र र एक संग्रालय उद्घाटन गरेकाछन ।
दाेलखाका नाै पालिका मध्ये विकास निमार्णमा उत्कृष्ट रहकाे तामाकोशी गाउँपालिका वडा नम्बर ४ रहेका जेष्ठ नागरिक मिलन केन्द्र, कृषि उपज तथा दग्ध संकलन केन्द्र, स्वास्थ्य प्रयोगशाला सेवा, गहते सामुदायिक स्वास्थ्य इकाई र जनजाति (नेवार) संग्रालयको एकै दिन पाेखरेलले उद्घाटन गरेका हुन ।
गाउँपालिकाको २५ लाख लागतमा निर्माण सम्पन्न भएको जेष्ठ नागरिक मिलन केन्द्रमा जेष्ठ नागरिकका लागि चाहिने आबश्यक व्यवस्था गरिने अध्यक्ष पाेखरेले जानकारी दिएकाछन।
जेष्ठ नागरिकका लागि दिनको समयमा उपस्थित गराएर भलाकुसारी गर्ने, भजनर्कितन गराउँने, पौराणिक किताव पढ्ने वातावरण बनाउँने, पत्रपत्रिका उपलव्ध गराउँने लगाएतको व्यवस्था गरिएको छ । गाउँपालिकामा जेष्ठ नागरिक मिलन केन्द्र संचालनमा आएपछि समय कटाउँन सजिलो हुने स्थानिय जेष्ठ नागरिकको भनाई छ ।
पोखरेलले जेष्ठ नागरिकको संक्षणको लागि सुरुवाति चरणमा काम थालिएको आगामि दिनमा यसलाई बढाउँदै लानु पर्ने बताए ।
Leave a Reply