जिल्ला प्रहरी कार्यालय दाेलखा यति बेला पुराना मुध्दा बिउँताउन लागि परेकाेछ ।
१८अघि देखि विभिन्न मुद्दामा दोषी ठहर भएका जिल्लाका ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका—९ की माइली थामी, सोही नगरपालिका २ का मनु तामाङ, नरबहादुर विकलगायत छन् ।
लुटपाट गरेको मुद्दामा थामीलाई जिल्ला अदालतले २०६० चैत ४ गते दोषी ठहर गरी ३ हजार २ सय २१ जरिवाना गरेको थियो । यस्तै सवारी ज्यान मुद्दामा ९ वर्षअघि दोषी ठहर भएका तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
५ वर्षअघि बहुविवाह मुद्दामा विकलाई जिल्ला अदालतले एक वर्ष कैद र १५ हजार जरिवाना गरेको थियो । चोरी, अखेटोपहार, प्राचीन स्मारक र गाली बेइज्जतीमा अदालतले दोषी ठहर गरेका ५ जनलाई पनि प्रहरीले पक्राउ गरेको प्रहरी ले सुचना पठाएकाे छ।
फरार बाट १ वर्ष १ महिना १५ दिन कैद र १ लाख ८६ हजार ३ सय ९६ रकम असुल गरिएको प्रहरी प्रमुख गंगाप्रसाद पौडेलले बताए ।
Leave a Reply