भरत राेन श्रेष्ठ
राजनीतिक वातावरण पहिले भन्दा बढी ध्रुवीकृत भएको छ। ठूला पार्टी भित्रका गुटहरू र साना पार्टीहरू भित्र आएको नैराश्यता लाई मुल कारण मान्न सकिन्छ।
सामाजिक संजाल अहिले राजनैतिक दलहरु र नेताहरु लाई गाली गर्ने गाली थलो नै बनी सक्यो ।राजनीतिज्ञ माथीको नागरिक आक्रोशले सिमा ननाग्ला भन्न सकिदैन । नेपालमा मात्रै होइन, यतिबेला संसार भर भुसको आगो झै फैलिरहेको छ।पछिल्लो समय विश्वका विभिन्न राष्ट्रका नागरिकहरु सडक प्रदर्शनमा छन् । यी सबै देशमा फरक फरक कारणले आन्दोलनको उठान भएको छ तर सारमा सबै प्रर्दशनहरुले राजनीतिज्ञ प्रति वैमनस्यता नै उजागर गरिरहेका छन् । राजनैतिक दलहरुले जनभावना अनुरुप काम गर्न नसेको नागरिकको आरोप छ।
देशमा विभिन्न कालखण्डमा धेरै किसिमका राजनैतिक परिवर्तनहरु भैसकेको छ र पनि जनभावना अनुरुप काम हुन नसक्नुलाई दुर्भाग्य नै मान्नु पर्छ। राजनैतिक दलहरुले सत्तामा आसिन हुनकै लागि जनताहरुलाई विभिन्न सपनाहरु बाँढ्ने गरेका छ्न ।जब सत्ता र शक्तिमा पुग्छ्न ।जनतालाई बाँढेका झुठा आश्वासन पुरै कुर्सीको रागले मेटाइ दिन्छ।सरकार नागरिक प्रती उत्तरदायी हुन सक्दैन। यो पुरानै रोग हो।
आजको मितिले अब चुनाव आउँन मात्रै ४८ दिन बाँकी छ।
सबै राजनैतिक पार्टिहरु आ-आफ्नै तरिकाले जनताको माझमा गैरहेका छ्न तर तिनै नेतृत्वलाई थाहा छैन कि चुनाव कसरी र कुन तरिकाले गरिन्छ। आँखामा पट्टि बाधेर खुल्ला चौरमा दौडनु र अहिले यस्तो कन्फ्युजनमा चुनावी प्रचार प्रसारमा दौड धुप गर्नु उस्तै हो। यदि गठबन्धन गरेरै चुनाव गर्ने हो भने पनि कुन-कुन पार्टी कसरी-कसरि गठबन्धन गरेर चुनाव लड्ने हो त्यो भ्रम नागरिक लेवलमा मेटाउनु पर्छ कि पर्दैन ? यो प्रश्न मेरो मात्रै हैन आम नागरिकको पनि हो।
सर्वसाधारणको संरक्षणमा सरकार जहिल्यै असफल देखिँदै आएको छ। महँगी नियन्त्रणमा सरकारको सक्रिय हस्तक्षेप नहुँदा सबैभन्दा बढी मार सर्वसाधारणलाई पर्छ। हामीकहाँ एउटा सानो वर्ग छ, जसलाई महँगीले कहिल्यै छुँदैन।
आम्दानीको ठूलो हिस्सा तिनकै कब्जामा छ। बजारलाई प्रभावित गर्न पनि तिनैले सक्छन्। तर, मुलुकको ठूलो हिस्सा सीमान्त नागरिकको छ। तिनले बजारलाई हस्तक्षेप गर्न सक्दैनन्। जसले जति नाफा राखेर बिक्री गरे पनि उपभोग गर्न बाध्य तिनै सर्वसाधारण नागरिक हुन्। आम्दानी सीमित भएका तर असीमित आवश्यकताले पिरोलिएका यस्ता नागरिक महँगीको दुष्चक्रमा पर्दै आएका छन्। तिनलाई संरक्षण गर्ने काम सरकारबाट नभएको प्रस्ट देखिन्छ। अनि चुनाव के का लागि नेतालाई कुर्सिमा पुर्याउनकै लागि मात्रै हो भने नागरिकलाई किन दु:ख दिनु पर्यो। नेतालाई चाहिएको कुर्सी हो ।आलो पालो गरेर चलाए भैगयो नि चुनावी नाटक मन्चन गरेर देशलाई आर्थिक भार पारेर निर्वाचन गर्नुको कुनै औचित्य छैन भन्ने नागरिकको भनाइ पनि केही हद सम्म ठिकै मान्नु पर्छ।
राजनीति एउटा वैचारिक आदर्शात्मक मूल्य मान्यताले मुलुकको भावी मार्ग निर्देश गर्ने विवेकशील रणनीति हो । राजनीति नै समाजको संवाहक हो भन्ने विषयमा कुनै राजनीतिक विद्वानहरुको दुई मत छैन तर राजनीति गर्ने नाममा कुनै पनि सिद्धान्त, आदर्श र मूल्य मान्यता बोकेको राजनीति दलले आफनो आदर्श र इतिहासको पाठ मात्रैले आजको हाम्रो समाजको माग पूरा गर्न सक्दैन । जनताको मन छुने काम नीतिगत र व्यवहारिक रुपमा प्रष्ट्याउन सक्नुपर्दछ र आफ्नो दल सत्तामा हुँदा व्यवहारमा लागू गरेर देखाउनु सक्नुपर्दछ । सत्तामा पुग्दा बिर्सिने र प्रतिपक्षमा बस्दा कुर्लिन प्रवृति राजनीतिक दलले छोड्नुपर्दछ ।अनि मात्रै जनताको कन्फ्युजन दुर हुन सक्छ।
राजनैतिक दलहरु संग जनताको त्यति ठूलो अपेक्षा पनि छैन।आजको विश्वव्यापी राजनीतिक माग भनेको राजनीति सृजनाशिलता, सक्रिय नेतृत्व, वैज्ञानिक क्षमता, प्रविधिक ज्ञान, मानविय भावना, पारदर्शी र जिम्मेवारी निर्णय, उत्तरदायि भूमिका र उत्पादनमुलक सामजिक व्यवस्थापन जस्ता विविध खाले राजनीतिक प्रतिबद्धता भएको चमत्कारी नेतृत्वको खाँचो छ ।
–
Leave a Reply