खेलाडी राष्ट्रका गौरब हुन , गहना होईन मेयर केसी

 पब्लिक संवाददाता      शुक्रबार, चैत्र ११, २०७८      0

दोलखा ११ चैत । खेलाडी राष्ट्रका गहना हुन भन्ने अभिब्यक्तिको खण्डन गर्दै दोलखाको भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले खेलाडी राष्ट्र गौरब भएको बताएकाछन ।
गहना चार्डबाडमा मात्र लगाउने हुदै राष्ट्रको ईज्जत र प्रतिष्ठा राख्ने खेलाडी राष्ट्रको गौरब भएका प्रष्ट्याएकाछन। हामी जस्तो सानो देशले ठुला देश बनाउदाहरुलाई पछारे जित हासिल गर्ने खेलकुद क्षेत्र मात्र हो ।
अमेरिका ,चीन, भारत जस्ता देशसंग युद्धमा गरेर हराउन हामीलाई असम्भव होला तर खेलकुदमा पछारेर देशको ईज्जत र प्रतिष्ठा राख्न सक्ने क्षेत्र भएको मेयर केसीले दाबि गरे ।
नेपाल वादोरियो कराते डो संघको आयोजनामा दोलखाको भमिेश्वर नगरपालिका ८ बोचमा भएको ७७ जिल्लाका खेलाडीको बिषेश प्रबिक्षण तथा राष्ट्रिय रेफ्री सेमिनार उद्घाटन समारोहमा खेलकुद विकास समिती प्रदेश नं १ का सदस्य सचिव प्रशुराम बस्नेतले बल, उमेर,जोश राष्ट्रलाई सर्मिपित गरेर पछि उपचार गर्न नपाएर छट्पटाएर जिबन सर्मपर्ण गर्न अबस्थाको अन्त्य गर्न खेलकुद नियामावली ल्याउने तयारीमा रहको बताए । देशको गरिमा उच्च राख्ने मेडल प्राप्त गर्ने खेलाडीहरुलाई मासिक रुपमा पेन्सनको ब्यबस्था गर्न आफुले घोषण समेत सदस्य सचिव बस्नेतले बताए ।
नेपाल वादोरियो कराते डो संघकाका प्रमुख हरिशरण केसी देशमा धेरै कराँते भएकोले कोही खेती गरेर खाने छन ,कोही अन्तराष्ट्रिय जगतमा देशको ईज्जत र प्रतिष्ठा राखेर निरन्तर खेल्ने कराते छन । दोलखा जिल्लामा जन्मेर जिल्लाको स्वाभिमानलाई देश बिदेशमा उच्च राख्ने मानबहादुर तामङ ,बिर बहादुर मोक्तान ,श्यामसुन्दर बस्नेत,कृष्णबहादुर बस्नेत,राजिब श्रेष्ठ,अमुतबहादुर शाहि सिंह बस्नेत,श्रीमान केसी लाई दोलखाले कहिलै बिर्सने छैन ।
दोलखा जिल्लामा सुषुप्त अबस्थामा रहेको खेलकुद क्षेत्रमा थप उर्जा दिन पटक पटक राष्टिय स्तरको प्रतियोगीता आयोजना गरि नेपाल वादोरियो कराते डो संघकाका प्रमुख हरिशरण केसी उर्जा दिने गरेकाछन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *