देशमा बन्ने जलबिद्युत आयोजना तामाकोशी मोडलमा निमार्ण गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन

 पब्लिक संवाददाता      शनिबार, चैत्र ५, २०७८      0

दोलखा ५ चैत । देशमा बन्ने जलबिद्युत आयोजना तामाकोशी मोडलमा निमार्ण गर्न नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिए । जनताको लगानीमा बनेको देशकै ठुलो र उत्कृष्ट आयोजनाकोे तारिफ गदै प्रधान मन्त्रिले हरेको आयोजनाको मोडल तामाकोशीको जस्तो हुनु पर्ने दाबि गरेका हुन ।
प्रसंसा पत्र वितरण समारोहलाई सम्बोधन गदै प्रधानमन्त्रि देउवाले जलबिद्युत आयोजना निमार्ण गर्न खोला दर्ता गरेर झोलामा बोक्नेह?ले स्थानियको भावानालाई समेटि बिद्युत उत्पादन गर्नु पर्ने धारण ब्यक्त गरे । जनताको पक्षमा हरेक बिकास निमार्णका काम हुनु पर्छ, जनताको सम्बृद्धीको लागी सरकार अहोरात्र खटिरहेको प्रधान मन्त्रिले बताए ।
स्थानियको लागी माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले शेयर बितरण गर्दा न्याय नभएको नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले बताए । कर्मचारीह?लाई कम्तीमा २ सय ९३ शेयर दिने तर स्थानियलाई ३४ शेय दिएर अपमान गरेको देउवाले प्रष्टपारे ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले उत्पादन गरेको बिजुली जोड्न नयाँ खिम्ती सवस्टेशनमा निमार्ण गरि सुचा? गरेपछि उद्घाटनको लागी आएका देउवाले सो बताएका हुन । ।रामेछापको फुलासीमा निर्माण गरिएको उक्त सवस्टेशनको क्षमता २२०÷ १३२ केभीको रहेको छ ।स्वदेशी लगानीमा निर्मित देशको हालसम्मकै ठूलो आयोजनाको बिजुली काठमाडौं उपत्यका भित्र्याउनका लागि महत्वपूर्ण मानिएको उक्त सवस्टेशन सफलतापूर्वक चार्ज भएको माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए ।
सब स्टेशन गत असारमा परीक्षण भए तापनि परीक्षण सफल भएपछि चार्ज भई काठमाडौँसम्म बिजुली जोडिएको छ । यो आयोजनाका लागि अर्को महत्वपूर्ण सफलता हो, श्रेष्ठले बताउनुभयोे । ढल्केबरपछि यो सवस्टेशन अर्को ठूलो हो । ढल्केबर ४०० केभी र न्यू खिम्ती २२० केभी क्षमताको हो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले लामोसाँघु–काठमाडौं प्रसारण लाइनमार्फत तत्काल ९० मेगावाट बिजुली प्रवाह गरिएको बताए ।कूल ४५६ मेगावाट क्षमताको तामाकोशीका हाल ६ युनिट सञ्चालनमा आएका छन् । एउटा युनिटको क्षमता ७६ मेगावाटको छ भने हाल त्यहाँबाट ४५६ मेगावाट बिजुली उत्पादन गरिएको छ ।
सन् १९९९ मा अष्ट्रियन नागरिक डा क्रिश्चियन कल्हरले रोलवालिङ जलविद्युत् आयोजनाका नामबाट पूर्व सम्भाव्यता अध्ययन गरी १२० मेगावाट क्षमता बराबरको बिजुली उत्पादन हुने प्रारम्भिक जानकारी दिएका थिए । अत्यन्तै सस्तो र आकर्षक देखिएपछि प्रधिकरणले २०५७ देखि २०६० सालसम्म आफ्नै आर्थिक, भौतिक र मानवीय स्रोतको प्रयोग गरेर आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *