दीपशंकर चौलागाई
दोलखा २८ फागुन । दोलखा काँग्रेसको चुनावि अभियानको पहिलो चरणमा“दोलखाली जनतासंग नेपाली काँग्रेस भन्ने गाउँ जागरण अभियान समापन भएको छ । भिमेश्वर नगरपालिका ५ को माटी बाट औपचारिक रुपमा सम्पन्न भएको हो ।
जिल्लाका ७४ वटै वडाहरुमा यो कार्यक्रम संचालन गरि हरेक टोलमा नेपाली कांगे्रसको कमिटी निमार्ण गरिएको नेपाली कांगे्रस दोलखाले जनाएको छ । जिल्लाभरमा ३ सय ७५ बटा टोल कमिटी निमार्ण गरिएको दोलखाका कांगे्रसका पार्टी प्रबक्ता राकेश श्रेष्ठले बताए ।
२०७९बैशाख ३० गते दोलखाका सबै पालिकामा नेपाली कांगे्रसलाई बिजय गराउन बर्तमान नेतृत्व अहोरात्र खटिरहेको उनले बताए। परिश्रमको फल मिठो हुन्छ नेपाली कांगे्रसको जित सुनिश्चित रहेको उनले दाबि गरे । नयाँ जोस जाँगरका साथ नेपाली कांगे्रस दोलखामा बर्मा लामाको नेतृत्वमा युवाहरुको कांगे्रसमा जित भए लगतै सांगाठानिक स्प्रीड तिब्ररुपमा बढेका कारण चारैतिर कांगे्रसको जित सुनिश्चित हुने चर्चा चलिरहेकोछ ।
नेपाल बिद्यार्थी संघ दोलखाका संस्थापक नेता दोलखा कांगे्रुको सभापतिमा अत्याधिक मतले बिजय भएका कारण दोलखा कांगे्रु मजब्त ह्ने आकलन गरिएको थियो । फलस्वरुप बिहानीले दिउँसोको संकेत गरेझै सुधारात्मक बाटोमा लागेको स्थानिय बुद्धिजिवीहरु बताउछन । ‘सुतेको कांगे्रसलाई बिझाउने काम भएकोछ,अब गतिविधिले ल्याउने परिवर्तन भनेको नौ वटै पालिकामा नेपाली कांगे्रसको बिजयको झण्डा फरफराउने हो’ राजनैतिक बिश्लेश्क राजेश बस्नेतले बताए ।
दोस्रो चरणको कार्याक्रम कांगे्रसले घरघरमा पुगौँ, नेपाली काँग्रेसलाई जिताऔँ भन्ने अभियान भोलदी बाट सूरु गदै छ । मेलुङ गाउपालिका वडा नं. ७ बिराउटा बाट यो अभियान शुरू गर्ने नेपाली कांग्रेस दोलखाले जनाएको छ । केन्द्रीय निर्देशन बमोजिम नेपाली काँग्रेसको केन्द्रीय सदस्य हरिशरण नेपालीको उपस्थिति दोलखा कांगे्रसले यो निर्णय गरेको पार्टी सचिव सन्तोष पाठकले बताए ।
नेपाली काग्रेसलाई विजयी बनाउन नेपाल विद्यार्थी संघ,तरूणदल,टेडयुनियानकर्मीको अभियान छिटै सुरु हुदै छ । ‘गाउ जाउ, नगर जाउ, जनता जगाँउ काग्रेस जिताउ’ भन्ने नाराका साथ नेविसंघ, तरूणदल,टेडयुनियान कर्मीहरूले अभियान सुरु गर्ने जनाएका छन। नेकपा एमालेले नेपाली जनतालाई अधिनायकवाद लाग्न खोजेको भन्दै यसमा सचेत हुना सम्पूर्ण मतदाताहरुलाई अनुरोध गर्नेछन । लोकतन्त्रको रक्षा, शान्ति र समृद्धिकालागि कांग्रेसको पक्षमा मतदान गर्न आवश्यक भएकाले यस विषयमा मतदाताहरुलाई सचेत बनाउन नेविसंघ,तरूणदल,महिला संघका युवाहरुले अभियान संचालन गर्ने भएकाछन ।
Leave a Reply