दीपशंकर चाैलागाई,दाेलखा २६ फागुन।दाेलखाकाे राेल्वालिङ क्षेत्रमा पैदल यात्रा गर्ने आन्तरिक तथा बाह्यय पर्यटककाे सुरक्षा र उध्दारकाे लागि दाेलखा प्रहरी अहाेरात्र खटिएरहेको छ । दाेलखाकाे लामाबर,राेल्वालिङ,टासीलाप्चा हुदै खुम्बु सम्मकाे यात्रामाहेकाे ९ अष्ट्रेलियान नागरिक र ३० नेपाली मध्ये एक जना नेपालीकाे खाेलामा परि मृत्युु भएपछि उध्दार गर्न प्रहरी घटनास्थल पुगेको छ ।
विदेशी नागरिकको भारिबाेकी हिड्ेका तनहुँको आबु खैरेनी गाउँपालिका वडा नम्बर ३ का ४५ वर्षिय सुकबहादुर गुरुङको खोलामा खसेर मृत्यु भएको घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक गंगा प्रसाद पाैड्याले बताए।
गौरीशंकर गाउँपालिका वडा नम्बर ९ स्थित डोङनाङमा रहेको खोलामा मुख धुन जाने क्रममा चिप्लिएर उनको मृत्यु भएको प्रनाउ पाैडयालले जानकारी दिए।राति बाबुछाेरा संगै सुतेको बिहान उठ्दा बाबुलाई नदेखेपछि खाेजी गर्दा खाेला मृत अबस्थामा भेटेकाे मृतकका छाेरा सान्तगुरूङले बताए ।
बावुछोरा नै विदेशी पर्यटकको भरियाका रुपमा सो क्षेत्रमा आएका थिए । बाबुकाे शव लिएर छाेरा फर्कीएका छन।मृतक गुरुङको शव हेलिकप्टर मार्फत काठमाडौंको टिचिङ अस्पतालमा पठाइएकाे छ ।
२० दिनकाे यात्रामा हिडेका ३९ जना मध्ये ३७ जना पुन यात्रामा छन । घटनास्थल पुग्दा सिमसिम हिउँ परिरहेको ले प्रहरी नायव उपरीक्षक पाैड्यालले ९ अष्ट्रेलियान नागरिक र २८ जना नेपाली नागरिकलाई हाेसियार पूर्वक यात्रा गर्न सुझाव दिएकाछन ।
कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धानद्वारा समाजमा शान्ति स्थापना गरी मानव अधिकारको संरक्षणमा प्रतिबद्ध राष्ट्रप्रति समर्पित स्वच्छ प्रहरी सेवा मुल मन्त्र मानी पाैड्याल नेतृत्वको टाेलीले जिल्ला अहाेरात्र खटिरहेकाेछ ।
Leave a Reply