दोलखाका युवा व्यवसायी शान्तकुमार जिरेलले आफ्नो आत्मकथा किस्मत बजारमा ल्याएका छन् । उनको आत्मकथा किस्मतको आज दोलखा सदरमुकामा चरिकोटमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । पुस्तक नेपाल शिक्षकमहासंघ दाेलखाका अध्यक्ष पदरबहादुर जिरेलले सार्बजनिक गर्नु भएको छ ।
आज परेको जिरेलको जन्मदिनको अवसरमा उनले बाल्यकालदेखि हालसम्म भोगेका र सफल पक्षलाई समेटिएर कृति प्रकाशन गरिएको हो । जिरेलले जिन्दगीको यात्राको क्रममा सफल असफल विषयलाई समेटिएको पुस्तक किस्मतमा समाबेस गरिएकोछ।
पुस्तकमा बाल्यकालदेखि सफल व्यवसायी कसरी बन्न सकिन्छ । नेपालमै विकासको सम्भावनाहरु कस्ता छन् भन्ने कुराहरु समावेश गरिएको छ । सीमान्तकृत आदिवासी जनजातिको समुदाय र ग्रामीण तहमा जन्मिएकै कारण बाल्यकालमा दुखले शिक्षा हासिल गरेको कुरा लेखक शान्तकुमार जिरेलले कार्यक्रममा व्यक्त गर्नु भयो । साथै आफूले अनुभव गरेका र वास्तविकता कुराहरु मात्र पुस्तकमा समावेश गरिएको छ ।
लेखक शान्तकुमार जिरेल सानै उमेरदेखि मिहिनेती र परिश्रममा विश्वास गर्ने बानी भएकाले छिट्टै प्रगति गर्न सकेको कुरा प्रमुख अतिथि पदम जिरेलले बताउनु भयो । कार्यक्रममा शैलुङ गाउँपालिकाका अध्यक्ष भरत प्रसाद दुलाल, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाई, दोलखा संस्कृति प्रतिष्ठानका अध्यक्ष शंकरलाल श्रेष्ठ, दोलखा उद्योग उद्योग वाणिज्य संघका सदस्य दिनेश बस्नेत र प्रकाशक तथा चरिकोट मिडिया फाउण्डेशनका अध्यक्ष जीवन लामा, पुस्तक चरिकोट मिडिया फाउण्डेसनका सचिव शेरबहादुर भुजेलले शुभकामना व्यक्त गरेकाछन ।
Leave a Reply