
दोलखा । चरिकोट साना सहरी खानेपानी आयोजनामा चरम आर्थिक अनियमितता भएको छ। शौचालय बितरणको नाममा बिपन्नका लागि आएको अनुदान रकम राजनितीक आस्थाका आधारमा भिमेश्वर नगरपालिका सहितको सङ्लग्नतामा बिदेशी साहायता एडिबिको लगानीमा निर्माण भइरहेको चरिकोट साना सहरी खानेपानी आयोजनाको रकम चरम दुरुपयोग भएको हो। भिमेश्वर नगरपालिका -४ मा बिपन्नका लागि दातृ निकायले उपलब्ध गराएको रकम पुरानै शौचालय देखाइ चरिकोटमा घर हुने देखि पेन्सन लिने सम्मका लागि बितरण गरिएको छ । शौचालय बितरण प्रक्रियामा चरम अनियमितता भएकाे भन्दै नेपाली काङ्ग्रेस , नेकपा माओवादी केन्द्र, नेकपा एस र राप्रपाले आयोजना समक्ष उजुरी समेत गरेको नेपाली काङ्ग्रेस भिमेश्वर नगरपालिका वडा नम्वर ४ का वडा सभापति भोजराज चौलागाईंले बताए। आयोजनाले वास्तविक बिपन्नहरुलाइ छुटाएको भन्दै स्थानीय ४ दलले थप १ सय ५० जना बिपन्न्नको नाम समाबेश नगरि कतिपय गैर बिपन्नलाई बितरण गरेकोमा आपत्ति जनाएको छ। छुटेका बिपन्नलाई थप गरेर गैर बिपन्नलाई नहटाइए आयोजना विरुद्ध कडा भन्दा कडा आन्दोलन गरिने ४ राजनीतिक दलले चेतावनीसमेत दिए। नेपाल सरकारकाे नियममा निजामती कर्मचारी उपभोक्ता समितिमा बस्न नपाउने कानुनि प्राबधान भयपनि चरिकोट साना सहरी खानेपानी अायाेजनामा रामेछाप जिल्लाका बन कार्यलय प्रमुख रामकृष्ण केसी समितिका अध्यक्ष छन् । केसिले राजनीति अाडमा रामेछापबाट दाेलखामा रहेकाे केसिकै काष्ठ उद्योगमा काठ समेत कागज मिलायर सप्लाइ गरिरहेकाे श्राेतकाे दाबि छ ।
Leave a Reply