दाेलखा १६ फागुन ।महाशिवरात्री अबसर पारि सशस्त्र प्रहरीबल १८ नम्बर गुल्म चरिकोट,नेपाल प्रहरीदाेलखा र तारा दलगण चरिकाेटले धार्मिक पर्यटकीय स्थल भिमेश्वर मन्दिर परिसरकाे सरसफाइ गरेको छ। दाेलखाली नागरिककाे शान्ति सुरक्षामा अहाेरात्र खट्ने सुरक्षा निकायले महाशिवरात्री दिन मन्दिर सरफाई गरेकाहुन। अाफै कुचो बाेकेर सशस्त्र प्रहरी डिएसपी बुदि नारायण महर्जन,नेपाली प्रहरीका डिएसपी गंगा प्रसाद पाैड्याल,तारादलगणका मेजर शक्ति केसी ,राष्ट्रिय अनुसन्धानका डिएसपी राजन शर्माले बडार्न सुरू गरेपछि मन्दिर सरसफाइ भएकाे हाे।
भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ। फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ। व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन्।
तीन सय वर्ष अघि माघ कृष्णपक्षको चतुर्दशीको मध्यरात महाशिवरात्रिको रूपमा मनाइएको बताइए पनि यकिनका साथ बताउन सकिन्न ।
दाेलखा सिमनामा ५५ देखि ६१ नम्बरका पिलरहरू पर्छ। सशस्त्र प्रहरीले सिमा सुरक्षा र सिमाबाट हुन सक्ने अबैध गतिविधिकाे नियन्त्रण गर्न अनवरत रूपमा लागि रहेको छ।जन्यजन्तु ,महत्त्वपूर्ण जरिबुटी,काठ तस्करी काे उल्लेखनीय रूपमन नियन्त्रण गरेकाे छ। कुनै पनि अान्दोलन नियन्त्रणमा लिन नसके सशस्त्र प्रहरी बलले सहजै लिने नसकेको दृष्टान्त धेरै छन।
Leave a Reply