उफरकाे निहुँमा १६ बर्षे बालकको विभत्स हत्या,हत्यामा संलग्नलाई पक्राउ गरेकोे दाेलखा प्रहरीकाे दाबी

 पब्लिक संवाददाता      आइतवार, फाल्गुन १५, २०७८      0

दाेलखा १५ फागुन ।जिल्ला प्रहरी कार्यालय दाेलखाले १६ बर्षिय साहिल तमाङकाे विभत्स हत्या गर्ने व्यक्तिहरु पक्राउ गरि अाज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ।
दोलखा भिमेश्वर नगरपालिका वडा नं. ३ जलदेवी मन्दिर नजिकै खाल्डोमा दुवै खुट्टा, दुबै हातमा र अनुहारको भाग समेत केही नदेखिने गरी सेतो कपडाको टेपले बाधि अाधा शरिर गाडेको मृत अवस्थामा तमाङकाे लास फेला प्रहरीले फेलापारेकाे थियोे ।
प्रहरीकाे प्रारम्भिक अनुसन्धान पश्चात पहिचान हुन नसके पछि मृतकाे लाशको प्रहरी अाफैले सामाजिक सञ्जाल राखेको थियोे । समाजिक सञ्जाल राख्ने लगत्तै सनाखत भएको प्रहरी नायव उपरीक्षक गंगा प्रसाद पाैडयालले बताए । मृतक भिमेश्वर नगरपालिका वडा नं. २ फुलपा बस्ने किसिम तामाङको छोरा वर्ष १६ को साहिल तामाङ रहेकाे खुलेकाे पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक पाैडयालले जानकारी दिए।
घटना सम्बन्धमा अनुसन्धान गर्न कार्यालय प्रमुख प्रनाउ. पौडेल सहितको अनुसन्धान टोली घटनास्थलमा खटिई अनुसन्धानको क्रममा घटनामा शंकाष्पद व्यक्तिहरुलाई सोधपुछको क्रममा घटनामा संलग्न ३ जनाको रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेकाे छ।
पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको, पक्राउ पर्नेमा जिल्ला दोलखा भि.न.पा.वडा नं. ३ बस्ने वर्ष २० को पुष्कर थामी, अर्का १३ वर्षिय र ११ वर्षिय बालक रहेका छन। निजहरु उपर यस कार्यालयबाट ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा दर्ता भई सम्मानित दोलखा जिल्ला अदालतबाट दिन ४ को म्याद थप भई अनुसन्धान कार्य भई रहेको छ।
पत्रकार सम्मेलनमा पाैडयालले भने फागुन ७ मा चारै जना साथी चरा शिकार गर्न भनि २ वटा गुलेली लिई जंगलमा पुगेर चरा खोज्ने क्रममा उफरको विषयमा विवाद हुँदा पुष्कर थामीले निज साहिल तामाङको दुबै हात समाती, अर्का दुई बालकले गुरासको हाँगाकाे लाठीले पछाडीबाट टाउकोमा प्रहार गर्दा निज मृतक बेहोस भई भुईमा लडे पछि दुबै हात, खुट्टा र अनुहारको पुरै भागमा सेतो कपडाको टेपले बाधी सके कोदालोले खाल्डो खनी घोप्टो पारी पुरेर उनीहरूले स्वकारेकाछन। नेपाल प्रहरीले अपराधी लाई कुनै हालतमा छाेड्ने छैन । अनुसन्धानमा पाेख्त प्रहरी नायव उपरीक्षक पाैड्यालले जिल्ला प्रहरी कार्यालयकाे प्रमुखकाे जिम्मेवारी सम्मालेकै दिन हत्या पक्राउ गरेकाछन ।बिहानीले दिउँसोको संकेत देखाउछ भने झै अपराध महाशाखामा बसेर अाएका पाैड्यालले अाफ्नाे कुशलता देखाएका छन।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *