रोशन कुमार केशी
जनविश्वास संवाददाता
भिरकाेट २ फागुन कहिल्यै पुनः मर्मत नहुंदा भिरकोट झुले छौंडे सडकको अवस्था नाजुक हुदै गएको छ।
अन्य स्थान बाट सवारी का साधन चल्न थालेपछि कालिदह-गैरीमुदी-झुले-छौंडे सडकको अवस्था एकदम नाजुक भएको हाे। ाेस सडक सरकारी उपेक्षाकाे सिकार भएकाेले दुख लाग्दो बनेकाे छ । भिरकोट-झुले-झौडे भन्दा धेरै पछि बनेका दोलखाका अन्य साखा सडकहरू याे भन्दा पछिका सुनखानि – साङ्वा , जफे – हावा चरङ्गे-पवटि संघिय सरकारले पिच र पुनः मर्मत गरेको छ तरयाे सडक उपेक्षाकाे शिकार बनिरहेको छ । कहि व्यवस्थित रुपमा नाला सहित सोलीङ रोड बनिसकेका छन तर कलिदह देखी छौंडे सम्म स्थानिय देखि संघिय सरकारका नेताहरूको उदासीनताको कारणले सडकको अवस्था झन झन दयनीय हुँदै स्थानीय युवा सन्तोष कार्कीले बताए । सडकको बेहाल भएकै कारणले ४ पाङ्गे साना सवारी कालिदह बाट माथी जान सक्ने स्थिती नै नभएको चालक उत्तम काफ्ले बताउँछन् । सडक किनारामा नाला नहुंदा खेत बारीमा सिचाई गर्न सडकबाटै पानी डोर्याउने गर्दा जताततै सडकमा खाल्डाखुल्डी देख्न सकिन्छ। दैनिक ३ वटा यात्रुबाहक बस संचालन हुने बाटोमा ३ बर्ष अघी ट्याक खोलेर गोपीखोला-गैरीमुदी हुँदै छौंडे जोडिने सडक संचालनमा आएपछि भिरकोटको बाटोको दु:खद हालतकै कारण बस उतैबाट जान थालेपछि भिरकोटका जनतालाई असुविधा भएको स्थानीय सीता केसीले बताइन।
Leave a Reply