स्थानीय तहको चुनाव वैशाख ३० गते,सरकारकाे १२ अर्ब खर्च लाग्ने

 पब्लिक संवाददाता      सोमवार, माघ २४, २०७८      0

स्थानीय तहको चुनाव वैशाख ३० गते हुने भएको छ । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको छ ।निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते निर्णय गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि, जेठ ४ गते चुनाव गर्ने विषयमा दलहरूबीच सहमति जुटेको थियो ।
सो निर्वाचन प्रयोजनका लागि १२ अर्ब रुपैयाँ आफ्नो कार्यालयलाई मात्र आवश्यक पर्ने जानकारी निर्वाचन आयोगले गराएको छ ।

केही दिन अगाडि आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा निर्वाचन आयोग, प्रदेशका ७ निर्वाचन कार्यालय, ७० निर्वाचन कार्यालय, ७५३ निर्वाचन अधिकृतको कार्यालयमा खर्च गर्ने गरी सो रकम बराबरको बजेट चाहिने उल्लेख छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *