दीपशंकर चाैलागाई ,
दाेलखा २२ माघ।
दोलखाको खरीढुङ्गामा शुक्रवार बिहानैदेखि बाक्लो हिमपात भएपछि बेलुकाबाट अवरुद्ध बनेको लामोसाँगु–जिरी सडक झन्डै १० घण्टापछि शनिवार बिहान ८ बजेबाट सञ्चालनमा आएको छ ।
अवरुद्ध भएको सडक खुलाउन नेपाल प्रहरी , सशस्त्र प्रहरी बल र स्थानीयले पहल सम्भव भएकाे प्रहरी नायव उपरीक्षक भेषराज रिजालले बताए।
रातभर नेपाल प्रहरीले हिउँ पन्छाएर बिहान ८ बजेबाट दुवै तर्फबाट सडक सञ्चालन गरिएको छ । दाेलखा प्रहरी नागरिककाे रक्षा काे लागि अहाेरात्र खटि उदार गरेकाे छ ।सेवा नै धर्म हाे,यही नै आर्दशलाई जिल्ला प्रहरी कार्यालय दाेलखाले अवलम्बन गरेकाे प्रहरी प्रमुख डिएसपी रिजालले बताए।
प्रसिद्ध पर्यटकीय गन्तव्य कालिन्चोक सहित शैलुङ, जिरी, खरिढुङ्ग, रोल्वालिङ लगायतका उच्च पहाडी क्षेत्रमा गयरातिदेखि हिमपात भईरहको छ । ३ हजार ८ सय ४२ मिटरको उचाइमा रहेको कालिन्चोक क्षेत्रमा माघ महिनामा मात्र चौथो पटक हिमपात हो । हिमपातका कारण तापक्रम घटेको हुँदा जिल्लामा अध्याधिक चिसो भईरहेको छ भने अहिले पनि पातलो हिमपात भइरहेको छ ।
वर्षा संगै परेको हिमपातले अध्याधिक चिसो बढेपछि नागरिकहरु आगो, हिटर तथा कोइला बालेर बस्न बाध्य भएका छन् । वर्षा र हिमपातले खाद्यबाली राम्रो हुने भएपछि किसानहरु भने उत्साहित बनेका छन् ।
पश्चिमी वायुको प्रभावका कारण आजदेखि पर्सिसम्म मुलुकभरको मौसम प्रतिकुल रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने आइतवारदेखि मौसम खुल्दै जाने छ ।प्रसिद्ध पर्यटकीय गन्तव्य कालिन्चोकमा मंगलवार दिउँसोबाट हिमपात सुरु भएको छ।
एक हप्ता अघिको हिउँमा रमाउन आएका पर्यटक पुनः हिमपात सुरु भएपछि चिसोको पर्वाहनै नगरी हिउँमा रमाई रहेको स्थानीय होटल व्यवसायीहरू बताउँछन् । हिमपातमा सधैँ पर्यटक भरिभराउ हुने कालिन्चोकमा कोरोना संक्रमण बढ्दै गएकोले खासै पर्यटक नदेखिएको कुरीमा सञ्चालित होटल व्यवसायी हरू बताउछन।बाक्लो हिमपातले लामोसाँगु जिरी सडकको मुढे– खरीढुङ्गा सडक खण्ड अवरुद्ध बनेपछि थुप्रै ठुला तथा साना सवारी साधनहरू रोकिएका थिए । सवारी साधन रोकिएपछि काठमाडौँ तथा देशका विभिन्न ठाउँबाट दोलखा, रामेछाप लगायतका जिल्लामा जान आएका सयौँ यात्रुहरू अलपत्र परेका उनिहरूकाे उदार गरेकाे खरिढुङ्गा प्रहरी चाैकिका ईन्चार्ज प्रकाश केसीले जानकारी दिए।
Leave a Reply