चिरफार ब्युरो
दाेलखा ५ माघ।जिल्लाकाे शान्ति सुरक्षामा उत्कृष्ट काम गरेकाे भन्दै दाेलखाका प्रहरी प्रमुख डिएस पि भेषराज रिजाल अाज दाेलखाली नागरिक बाट अभिनन्दीत भएकाछन।
धेरै बर्ष अघि देखि जिल्ला रहेका सहकारी चाेरीहुदा स्थानीय प्रशासनले चाेर पतालगाउन नसकेको पीडा भाेगी रहेका नागरिकले प्रहरी नायव उपरीक्षक रिजाललाई अागमन पछि पिडाबाट मुक्ति पाएकाछन ।
सहकारीकाे चाेरिमात्र नभई सुरक्षाका खटिएका गार्डकाे हत्या जस्ता घटनाका अपराधीहरूलाई कानुनी दायरामा ल्याई कार्वाही गर्न अहिलेकाे जिल्ला प्रहरी कार्यालयकाे नेतृत्व सफल भएकोले नागरिक बाट अभिनन्दीत भएकाे हाे । गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित हिमचुली बहुउद्देश्यीय सहकारी संस्थामा कार्यरत सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको कार्तिक १० मा हत्या भएको थियो ।
जिल्ला प्रहरी कार्यालय दाेलखाकाे भेषराज रिजालको नेतृत्वको टाेली र केन्द्रीय अनुुसन्धान ब्यराेले सुरक्षा गार्डको हत्यामा संलग्न दुईजनालाई पक्राउ गरेको थियो । लामो समयकाे सफल अनुसन्धानले गौरीशंकर गाउँपालिका–१ घर भएका २७ वर्षीय बिक्रम कार्की र २० वर्षिय सुमन कार्कीलाई पक्राउ गरेकाे थियोे । सहकारीबाट ४ सय मिटर पर चिहानडाँडा स्थित जंगलमा उनको शव फेला परेको थियो । बिक्रम कार्की र सुमन कार्कीले कार्तिक १० मा राति काठमाडौंबाट गएर सुरक्षागार्डको हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको थियो ।
हत्यापछि सहकारीबाट १ लाख ८५ हजार ७ सय ८० रुपैयाँ लुटेर लगेकाे स्वीकार छन । यसरी हत्यारा पक्राउ गरेपछि खुशी भएकन नागरिकले सदरमुकाम चरिकोटमा अाए रिजाललाई अभिनन्दन गरेकाे हिमचुली सहकारीका अध्यक्ष प्रकाश बहादुर खड्काले बताए।
प्रहरी नायब उपरीक्षक रिजालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयले ४१ वटा अाधारभुत तालिम ,५३ वटा सडक सुरक्षा जनचेतना कार्यक्रम ,४७ वटा महिला तथा बालबालिका हिंसा न्युनिकरण सचेतना मुलक कार्यक्रम ,५छ वटा लागू अाैषध नियन्त्रण कार्यक्रम ,२९ वटा बिपद ब्यवस्थापन ,५ वटा एकीकृत घुम्तीमा सिविर,२३ वटा काेडभड सम्बन्धि कार्यक्रम ,मानव बेचबिखन सम्बन्धि ७ र बालबिवाह न्युनिकरण सम्बन्धि २७वटा एब बर्षे अवधिमा सम्पन्न गरेकाे प्रहरी निरिक्षक दिवस बस्नेतले जानकारी दिए।
काेभिड दाेस्ाे बाट दाेलखाली नागरिकको जीवन रक्षाकाे लागि जिल्ला मै पहिलोपटक तपाईंको मास्क खै भन्ने अभियान संचालन गरि महत्त्वपूर्ण कदमकाे सुरूवात गरेकाे थियोे ।जिल्लामा प्रहरी प्रमुख धेरै अाए गए तर नागरिक मैत्री ब्यवहार प्रस्तुत गरि जिवनमरणकाे अबस्थालाई प्रभा नगरि २४ सै घण्टा सेवामा सर्मपित प्रनाउ रिजाललाई हामी नागरिकले अभिनन्दन गरेका हाै नागरिक अगुवा हेमन्त चाैलागाईले भने । सहकारी कर्मी मात्र हाेइन अाम दाेलदाली नागरिकले उत्कृष्ट शान्ति सुरक्षाकाे अनुभुति गरेकाे जिल्ला सहकारी संघका अध्यक्ष एवम नागरिक अगुवा चाैलागाईले बताए।
Leave a Reply