खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज दाेलखाकाे अध्यक्षमा गाेविन्द

 पब्लिक संवाददाता      बिहिबार, पुस १५, २०७८      0

दीपशंकर चाैलागाई
दाेलखा १५ पुस।दाेलखा सदरमुकाम चरिकोटमा खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज दाेलखाकाे दाेस्राे जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
समाजका केन्द्रीय अध्यक्ष बिकेन्द्र कुमारदीप बुढाथोकी ले बुढाथोकीहरूकाे उद्गम स्थल दाेलखाकाे शैलुङ गाउँपालिका ६ फस्कु रहेकाेले यश मातृभूमिमा कार्यक्रम गर्न अाएकाे बताए। देशभर छरिएर बसेका खप्तडी बुढाथोकीहरूलाई गाेलबन्द गरि,उनिहरूका समस्या लाई समधान गर्न याे अभियान संचालन गरेकाे उनले बताए । यस्तै गरि जिल्ला अध्यक्ष गुणबहादुर बुढाथोकी ले जिल्लामा रहेका खप्तडी बुढाथोकी लाई शैक्षिक क्षेत्र मा हाेस या राजनैतिक क्षेत्रमा हाेस सबै क्षेत्रमा अघि बढाएर अागामी दिनका पुलकाे कामगर्ने प्रतिबध्दता जाहेर गरे ।
साे समारोहमा केन्द्रीय कोषाध्यक्ष दिल्ली बहादुर केन्द्रिय बरिस्ठ उपाध्यक्ष गणेश बहादुर लगायत ,रुद्र बहादुर निशान,नारायण गोबिन्द र रुद्र जंग लगायत ले मन्तव्य राखेका थिए।

खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज दोलखाको दोस्रो जिल्ला अधिवेशन बाट को सल्लाहकार समिति काे संयाेजक गुण बहादुर बुढाथोकी सदस्यहरू कुल बहादुर बुढाथोकी,नारायण बहादुर बुढाथोकी,कृष्णमाया बुढाथोकी,बलराम बुढाथोकीबिर्ख बहादुर बुढाथोकी,रामशरण बुढाथोकी अमृत बहादुर बुढाथोकी,गोपाल बुढाथोकी,ठाकुर बुढाथोकी,गङ्गा बहादुर बुढाथोकी चयन भएकाछन।
खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज दोलखाको दोस्रो जिल्ला अधिवेशन बाट निम्नानुसारको जिल्ला कार्य समितीगोबिन्द बुढाथोकी अध्यक्ष,कृष्ण बहादुर बुढाथोकी उपाध्यक्ष, रुद्रजङ्ग बुढाथोकी सचीव, केशव बुढाथोकी सहसचिव,देबकी बुढाथोकी कोशाध्यक्ष,सदस्य हरूम बिजय बुढाथोकी,शंकर बुढाथोकी,राजन बुढाथोकी, सुन्दर बुढाथोकी,भिम बहादुर बुढाथोकी,कृष्ण बुढाथोकी,दिपेन्द्र बुढाथोकी,बिमला बुढाथोकी,प्रमिला बुढाथोकी,भरत बुढाथोकी रहेका छन।लेखा समितिमा संयाेजक रङ्गध्वज बुढाथोकी,निशान बुढाथोकी,रामचन्द्र बुढाथोकीरहेकाछन।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *