हिउँले सेताम्यै दाेलखा

 पब्लिक संवाददाता      बुधबार, पुस १४, २०७८      0

दीपशंकर चाैलागाई

दाेलखा १४ पुस।
-दोलखाको कालिञ्चाेक क्षेत्र हिउँले सेताम्य देखिएको छ।कालिन्चोकमा बुधबार बिहान देखिनै लगातार हिमपात भइरहेको छ। दोलखाको माथिल्लो क्षेत्रमा पुनः बुधबार तेस्रोपटक हिमपात भइरहेको छभने दोलखा लगायत देशभर वर्षा भइरहेको छ्।दोलखामा गत शुक्रबार देखी चिसो एक्कासि वृद्धि भएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा शुक्रबारदेखिपुनः हिमपात हुन सुरु भएको छ। कालिन्चोकमा बुधबार बिहान देखिनै बाक्लो हिमपात भइरहेको स्थानीय होटल व्यवसायी हरि ओलिले जानकारी दिए।नेपालमा केहि दिन देखीको पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण दोलखा सहित देशभर पानी परिरहेको छ। उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको छ ।बुधबार बिहान देखिनै वर्षा र हिमपात हुँदा जिल्लाभरको जनजीवन सामान्य प्रभावित बनेको छ।पुस दोस्रो साता देखी दोलखामा चिसो ह्वात्तै बढेको छ्।माथिल्लो क्षेत्रमा परेको हिउँको कारण जिल्लाभर चिसो वृद्धि हुँदै गएको छ्।सोमबार ,मंगलबार दिनभर दोलखामा घाम लाग्न सकेन जसको कारण बुधबार जिल्लामा बिहान देखिनै बाक्लो हिमपात र वर्षा भइरहेको छ। जिल्लाको तापक्रम सबैभन्दा कम मापन गरिएको छ।लगातार मौसम धुम्म बन्दा दोलखा उच्च क्षेत्रमा बाक्लो हिमपात र तल्लो क्षेत्रमा बिहान बेलुका बाक्लो टुसारो झर्ने गरेकाले जिल्लाभर चिसो बढेको हो।दोलखाको जिरी, शैलुङ,कालिन्चोक,खावा लगायतका ठाउँमा यो समयमा परेको हिमपातका कारण किसान खुशी देखिएका छन्।माथिल्लो क्षेत्रमा आलू रोप्ने समय सुरु भएकाले पुसमा हुने हिमपात र वर्षाले जमिनलाई चिसो पार्ने हुँदा किसान उत्साहित भएका हुन्।
उच्च पहाडी क्षेत्रमा यातायात अवरुद्ध हुनका साथै विद्यालयहरू समेत बन्द भएका छन् ।

त्यसैगरी दोलखाको खरीढुङ्गामा पनि हिमपात भै रहेको स्थानीय जीतबहादुर श्रेष्ठले बताए। लगातारको हिमपातको कारण काठमाडौँबाट दोलखाको विभिन्न ठाउँको लागि आएका बस लगायतका सवारी साधनहरू रोकिएको श्रेष्ठले बताए। हिमपातले माटो राम्रो हुने र आलु खेती फस्टाउने भएकोले खरीढुङ्गाका किसानहरू चिसोले कष्ट बेहोर्नु परेपनि खुसी भएका छन् ।

लगातारको हिमपातको कारण खरीढुङ्गामा रहेको सुर्के मावि खरीढुङ्गा, बुद्ध प्रावि झाक्रिचौर र कालीदेवी प्रावि झिगाने बन्द रहेको सुर्के मावि खरीढुङ्गाका प्रधानाध्यापक जय श्रेष्ठले बताए ।

हिमपातका कारण खरीढुङ्गामा रोकिएका यातायात सुचारु गर्न पहल भै रहेको दोलखाका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले बताए । अहिले हिमपात भै रहेको छ, मौसममा केही सुधार भएपछि सडकमा जमेको हिउँ फालेर यातायात सुचारु गरिने छ – प्रहरी नायव उपरीक्षक रिजालले भने ।

दोलखाको शैलुङ, खावाडाँडा लगायतका उच्च पहाडी भेगमा समेत मंगलवार बेलुका देखिनै लगातार हिमपात भै रहेको स्थानीयले बताए । लगातारको हिमपातको कारण शैलुङ क्षेत्रमा पर्ने ढुङ्गे, झोर मनगाँउ, पात्ले, खोलाखर्क आसपासका विद्यालयहरु बन्द रहेको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *