पानी परीक्षणका क्रममा दुई जना इन्जिनियरको मृत्यु

 पब्लिक संवाददाता      सोमवार, पुस १२, २०७८      0

दीपशंकर चाैलागाई

दाेलखा १२,पुस।सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा दुई जना इन्जिनियरको मृत्यु भएको छ ।

सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा पाइप विस्फोट हुँदा दुई जना इन्जिनियरको मृत्यु भएको छ । साँझ फलामको पाइपमा पानी हाल्ने क्रममा पाइप पड्किएर उक्त घटना भएको सिई कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर इन्जिनियर गंगेश कर्णले बताए।

घटनामा परी जलविद्युत् आयोजनाको हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६वर्षीय सुवासराज रेग्मी र काभ्रेका कन्सल्ट्यान्टइन्जिनियर २९वर्षीय अर्जुन थापाको मृत्यु भएको हाे ।

पाइपको विस्फोटन लगत्तै बेहोस भएका रेग्मी र थापालाई उपचारका लागि ओखलढुंगा अस्पताल लगिएको थियो। अस्पताल पुऱ्याउनासाथ चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *