सरकारी उपेक्षाकाे शिकार बन्यो निलकण्ठेश्वर महादेव मन्दिर, भुकम्पले क्षतबिक्षत् भएको हाल सम्म पुनः निर्माण भएन,

 पब्लिक संवाददाता      सोमवार, पुस १२, २०७८      0

दीपशंकर चाैलागाई
दाेलखा पुस १२। लामो समय देखि सरकारी उपेक्षाकाे सिकार भएकाे गौरीशंकर गाउँपालिका वडा नं. २ जुगू माझगाउँमा रहेको निलकण्ठेश्वर महादेव मन्दिरकाे पुनः निर्माणमा स्थानीयहरूले अग्रसरता देखाएका छन।
साक्षत भगवान रहेकाे बिश्वास गर्दै अाएकाे याे मन्दिर भुकम्प ले क्षतबिक्षत भए देखि हाल सम्म पून निमार्ण हुन सकेकाे छैन। उपेक्षाकाे सिकार बनेकाे मन्दिरको डिपिअार तयार गरि पुन निर्माणका लागि स्थानीयहरूले सहयोगकाे हात फैलाई मनबिरहरूलाई अपिल गरिरहेका छन।
यस मन्दिरको छुट्टै बिशेषता रहेकाे छ । परापूर्वकालमा एक किसानले गाई पालान गरेको र एक वटा गाईले दूध नदिए पछि किन दिएन भनेर पत्ता लगाउँदा उक्त गाईले संधैभरी त्यस ठाउँको एक शिलामा दूध चढाउने गरेको देखिएकोले त्यस किसानले गएर गाइले दूध चढाएको ठाउँमा खनि हेर्दा महादेवको एक शिला उत्पति भएकोबिश्वास गरिदै अाएकाेछ।
त्यस ठाउँका स्थानीयले त्यस शिलाेृणलाई महादेवको रुपमा पुँजा आरधना मन्दिरको नाम निलकण्ठेश्वर महादेव नामकरण भएको थियो। त्यहि मन्दिरको नामबाट निलकण्ठेश्वर विद्यालय नामकरण गरी विद्यालय स्थापना भएको समेत स्थानीय समाजसेवी युवा भीष्मप्रकाश खड्काले बताए ।
उक्त मन्दिर २०० वर्ष अगाडि निर्माण भएको बिश्वास गरिन्छ।२०७२/७३ को महाभुकम्पले उक्त मन्दिर पुर्णरुपमा क्षेती भएको र हाल सम्म पुनः निर्माण भएन।युवा समाजसेवी खड्का भन्छन यस गौरीशकर गाउँपालिका वडा नं. २ जुँगूमा पर्यटकीय दृष्टिकोणले स्वर्ग टुक्रा भन्दा पनि सुन्दर छ। प्राकृतिक वातावरणमैत्री बनाउन यस मन्दिर वरिपरी देवीथान मन्दिर , महादेव पोखरी निर्माण गरी वाहय तथा आन्तरिक पर्यटकको आगमन बढाउनका अपरिहार्यतारहेको निर्माण संयोजक खड्काले बताए ।
निलकण्ठेश्वर महादेव मन्दिर, देवीथान मन्दिर महादेव पोखरी लगायत वरिपरीका ठाउँलाई पर्यटकीय क्षेत्रमा पोखरी निर्माण, विभिन्न जातजातीका बोट विरुवा लगायत फुल बगैचाहरु निर्माण गरी यस निलकण्ठेश्वर मन्दिरमा विभिन्न ठाउँबाट आउने दर्शनार्थीहरुलाई आकर्षण गरी यस क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने लक्ष्य अघि बढेकाे उनलेे जानकारी दिए।खड्का भन्छन प्राविधिक स्टिमेट अनुसार ४९,०५,७३९।६६ (अक्षेरूपी एकचालिक लाख पाँच हजार सात सय एकतिस रुपैयाँ) लागत लाग्नेछ ।

प्राविधिक स्टिमेट सहित वडाको सिफारिस, मन्दिरको पुनः क्षेती भएको फोटो, निर्माण स्तलको फोटो सहित विभिन्न सरकारी तथा गैर सरकारी संस्था र व्यक्तिबाट आर्थिक सहयोगको अपेक्षा राखी ढाेका ढाेकामा पुगे खड्काले गुनासो गरेकाछन।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *