गौरीशंकर बालगृहका बालबालिकाले पाए १० थान ब्लाङकेट

 पब्लिक संवाददाता      आइतवार, पुस ११, २०७८      0

दीपशंकर चौलागाई
दाेलखा पुस ११। गौरीशंकर बालगृहका बालबालिका १० थान न्यानाे ब्लाङकेट बितरण गरियकाे छ।नेपाली कांग्रेस दोलखाका युवा नेता गोपि शिवाकोटीको पहलमा ब्लाङकेट बितरण गरियकाे हाे । शिवाकोटीले आज बालगृहका बालबालिकालाई चिसो बढेको लगतै जाडो बाट जोगिन बालबालिका ब्लाङकेट वितरण गरेका छन। उनले शनिबार मात्र कालिन्चोकगाउँपालिका विपन्न परिवारलाई न्यानो वितरण गरेका थिए ।
रामकृष्ण शिबाकाटीकाे सहयोगमा समाजसेवि शिबाकाेटीले १८५ थान ब्लाङकेट हस्तान्तरण गरेका छन। कालिन्चोक गाउँपालिका वडा नम्बर १देखि ९सम्मका विपन्न, गरिबी अपांगलाई ब्यक्तिहरूलाइ चिसाेकाे माैसममा कष्टकर जिबनयापन नहाेस भन्ने हेतुले न्यानाे ब्लाङ्केट बितरण गरिएकाे सिवाकोटीले बताए ।
अार्थिक अभाबका कारण चिसाेका कारण काेहि कालिन्चाेक गापाका नागिरकहरूकाे मृत्यु नहाेस र कष्टकर जीवन जिउन नपराेस भन्ने उदेश्यले ब्लाङ्केट बितरण गरिएकाे उनले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *