जिल्ला प्रहरी कार्यालयकाे सहयोगमा केन्द्रीय अनुुसन्धान ब्यूरो द्वारा सहकारीकाे सुरक्षा गार्डको हत्यामा संलग्न दुई जना पक्राउ

 पब्लिक संवाददाता      बिहिबार, मंसिर १६, २०७८      0

दाेलखा १६ मंसिर । दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित हिमचुली बहुउद्देश्यीय सहकारीको सुरक्षा गार्डको हत्यामा संलग्न दुईजनालाई जिल्ला प्रहरी कार्यालयकाे सहयोगमा केन्द्रीय अनुुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।
गौरीशंकर गाउँपालिका–१ घर भएका २७ वर्षीय बिक्रम कार्की र २० वर्षिय सुमन कार्कीलाई बिहिबार पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हाे।
सहकारी संस्थामा कार्यरत सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको कार्तिक १० मा हत्या भएको थियो । कार्तिक ११ मा सहकारीबाट ४ सय मिटर पर चिहानडाँडा स्थित जंगलमा उनको शव फेला परेको थियो । बिक्रम कार्की र सुमन कार्कीले कार्तिक १० मा राति काठमाडौंबाट गएर सुरक्षागार्डको हत्या गरेको करिब तीन हप्ताको स्थलगत अनुसन्धान गरि पतालगाएकाेछ ।प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनिहरूले हत्या गरेको हुन सक्नेथाहा भएको छ । हत्यापछि सहकारीबाट १ लाख ८५ हजार ७ सय ८० रुपैयाँ लुटेर उनीहरु जिल्ला सदरमुकाममा चरिकोट फर्केका थिए ।

साँझ ६ बजेर ३० मिनेटमा खाना खाएर सहकारीको सुरक्षा गर्न गएका पूर्णबहादुर खड्कालाई आरोपी मध्येका सुमनले ‘मामा’ भन्ने गरेका थिए । काठमाडौंबाट त्यसैदिन गाडी चढेर गएका उनीहरु राति जुँगु पुगे ।
सहकारीमा गएर सुमनले सुरक्षागार्डलाई भने–‘काठमाडौंबाट आएको मेरो साथी बेहोस भएर ढलेको छ, हिँड्नुस् नँ ।’ सुमनको कुरा मानेर खड्का सहकारीबाट ४ सय मिटर पर जंगलमा गए । जंगलमा बिक्रम लुकेर बसेका थिए । त्यहिँ उनीहरुले सुरक्षागार्डको हत्या गरे प्रहरी काे अनुसन्धानले देखाएको छ।
‘हात, खुट्टामा डोरी र मुखमा खादाले बाँधेर हत्या गरेको देखिन्छ’ जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डि एस पि भेषराज रिजालले बताए। –‘हातखुट्टा बाँधेपछि ढुंगाले टाउकोमा हिर्काएर बाटोमुनि फालेको आरोपीहरुले स्वीकारेकाे डिएसपी रिजालको भनाई छ।
मृतकका टाउको र निधारमा चोट लागेको अवस्थामा शव फेला परेको थियो । हत्यापछि आरोपीहरु ३ घण्टा पैदल हिँडेर सदरमुकाम चरिकोट आए । कार्तिक ११ मा चरिकोटबाट गाडी चढेर काठमाडौं फर्किए ।
हत्या गरेको रात उनीहरु गाउँ गएको कसैले थाहा पाएनन् । आरोपबाट बच्न काठमाडौं आएपछि उनीहरु मुस्ताङ घुम्न गएको प्रहरीले बताएको छ। । सीआईबीले विक्रमलाई काठमाडौंको तीनकुनेबाट र सुमनलाई चुच्चेपाटीबाट पक्रेर थप अनुसन्धानका लागि दोलखा पठाएको छ ।पैसा लुट्न सुरक्षागार्डको हत्या गरेका बिक्रम काठमाडौंमा प्लम्बरको काम गर्छन् । सुमन काठमाडौंमा पढ्दै छन् । प्रहरीले अरोपीहरुको साथबाट मृतकको मोवाइल बरामद गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *