दाेलखा १६ मंसिर। नेपाल कम्युनिस्ट पार्टी माअाेवादी केन्द्र भिमेश्वर नगरपालिकाकाे प्रथम एेतिहासिक नगर सम्मेलन सदरमुकाम चरिकोटमा सम्पन्न भएकाे छ।
मुलुकमा भष्टचार बढेकाे छ,बलत्कार बढेकाे छ,गरिबी र बेरोजगारी ले मुलुक आकरान्त बनेको छ।नेकपा माअाेवादी केन्द्र जित बेगर मुलुकले शान्ति नपाउने कुरा ध्ुब सत्य रहेकाे बर्तमान अबस्थाले देखाएको कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य मुक्ति प्रधानले दाबि गरेकाछन। जनताबिश्वासकाे पार्टी नेकपा माअाेवादी केन्द्र केही अान्तरिक कलहका कारण बिगतका निर्वाचनमा फितलो उपस्थिति रहेको मात्र हाे,जनता हामी संग छन,उनले भने।उनले माओवादी केन्द्र कमजोर हुँदा राष्ट्र नै कमजोर हुने बताएका छन्।
माअाेवादी नेतृ देवि खड्का ले ओली गुट मधेश, समावेश र संघीयता विरोधी भएको दाबी गरिन। संविधान रक्षा गर्नको लागि माओवादी बलियो हुनुको विकल्प नभएको उनको जिकिर थियो। माओवादी कमजोर भयो भने संविधान मिच्ने च्यात्ने, गणतन्त्र नै उल्टाउन खोज्नेहरू सक्रिय हुन्छन्। राष्टिय एकताको रक्षाको लागि माओवादीलाई बलियो बनाउनुको कुनै विकल्प छैन। माओवादी बलियो भएन भने जनता कमजोर हुन्छन्। राष्ट्र कमजोर हुन्छ खड्काले भनिन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न अब याेङ कम्युनिस्ट लिंग लाग्ने युवा नेता भरत राेहन श्रेष्ठले बताए। नेताहरू बिग्रिएका हुन्। जनता र कार्यकर्ता बिग्रिएका छैनन्।’ श्रेष्ठले भने।
हजारौं काे संख्यामा रहेका नेता कार्य कर्ता काे सभालाई सम्बाेधन गर्दै माअाेवादी नेता नर पाख्ीन,जिल्ला संयाेजक कुलबहादुर बुढाथोकी ,लगायतका नेताहरूले दाेलखा जिल्ला का सबै स्थानीय तहमा बिजय काे झण्डा फरफराउने दाबी गरेकाछन।
भिमेश्वर नगरकाे प्रथम अधिवेशनले तारानाथ चाैलागाईकाे अध्यक्षताका ४९ सदस्यीय कार्यसमिति चयन गरेकाे छ। अधिवेशन मा कुसुले बाजा,थामीकाे माैलिक नाच,,धामीझाँक्री नाच,मारूनि नाच,लाखे नाच प्रस्तुत गरिएकाे थियोे ।
Leave a Reply