दोलखा १५ मंसिर। तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेमा एकै परिवारका तीनजना गएराति सुतेकै ठाउँ मृत अवस्थामा फेला परेका छन् ।
मृत अवस्थामा फेला पर्नेहरुमा अन्दाजी २७ बर्षिय श्याम तामाङ, उनकी श्रीमति अन्दाजी २६ बर्षिया अम्बिका तामाङ र उनीहरुकी ५ दिने नाबालक छोरी रहेका छौंडे प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक विष्णू दाहालले जानकारी दिनुभयो । झ्यालबाट नियाल्दा उनीहरु तीनैजना मृत अवस्थामा देखिएकोले घटनास्थललाई सुरक्षित राखिएको दाहालले बताउनुभयो ।
घटनाको बारेमा बुधबार विहान स्थानीयले दिएको सूचनाको आधारमा प्रहरी चौकी छौंडेबाट प्रहरी टोली घटनास्थलमा आएको र जिल्ला प्रहरी कार्यालयलाई खबर भए लगत्तै घटनाको बारेमा जाँच बुझका लागि जिल्ला प्रहरी कार्यालय चरिकोटबाट प्रहरी निरिक्षक अञ्जन कोईरालाको नेतृत्वमा प्रहरी टोली झुलेका पुगी प्रारम्भिक अनुसन्धान पछि मृतकको शब पाेष्मार्टमकाे लागि ल्याई गएकाे छ।साँझ सम्म पाेष्मार्टम गरिसक्ने प्रहरी नायब उपरिक्षक (डिएसपी) भेषराज रिजालले जानकारी दिनुभयो ।
मृतकमध्ये अम्बिका पाँच दिनकी सुत्केरी रहेकीले सेकतापका लागि कोईला बालेर सुतेको हुनाले झ्याल ढोका बन्द भएको अवस्थामा निसास्सिएर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
Leave a Reply