वामदेव गौतमले एमाले त्यागे

 पब्लिक संवाददाता      शुक्रबार, भदौ १८, २०७८      0

नेकपा एमालेमा उपाध्यक्ष वामदेव गौतमले पार्टी छाडेका छन् । शुक्रवार पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङलाई पत्र लेख्दै गौतमले पार्टी उपाध्यक्ष र एमाले पार्टीबाटै राजीनामा दिएका हुन् ।

उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन सक्ने अवस्था नभएको राजीनामा पत्रमा लेखेका छन् । यस्तै पत्रमा अध्यक्ष ओलीले नवौँ महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई अवलम्बन नगरेको आरोपसमेत लगाएका छन् ।

‘म आफैँ संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईँका गलत विचार, प्रवृत्ति र शैलीका कारण रहिरहन असमर्थन भएकाले आजको मितिमा पार्टीको उपाध्यक्ष पद र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको छु ।’ गौतमले राजीनामा पत्रमा भनेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *