कांग्रेस वडा अधिवेशन : ३५ जिल्लामा सम्पन्न, दोलखाका ७४ मध्ये ७३ वडामा सर्वसम्मत

 पब्लिक संवाददाता      शुक्रबार, भदौ १८, २०७८      0

दोलखा १८ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसको शुक्रबार देशभरका ३५ जिल्लामा वडा अधिवेशन भएको छ ।दोलखा जिल्लामा रहेका ७४ वडा मध्ये ७३ बडामा नेपाली का.गे्रसले सर्वसम्वत नेतृत्व चयन गरेको छ । तामाकोशी गाउँपालिका २ झुलेमा भने मतदान भएको नेपाली कांगे्रस दोलखाका सचिव बालकृष्ण आचार्यले जानकारी दिएकाछन । मतगनणा कार्य भई रहेको आचार्यले बताए ।
दोलखाका जिल्ला का ७३ वडा बाट आउने क्षेत्रिय प्रतिनिधिहरुको लिष्ट हेर्दा अधिकांश युवाहरु आएको छन। कांगे्रस दोलखाको अन्य जिल्ला अधिवेशनमा भन्दा यस पटक क्षेत्रिय प्रतिनिधिहरु युवाहरुको संख्यामा ४० प्रतिशतले बृद्धी भएको द दोलखाका कांगे्रसले जानकारी दिएकोछ ।
चयन भएका क्षेत्रिय प्रतिनिधिहरुलाई हेर्दा जिल्ला स्तरमा पनि केही युवाहरुले नेतृत्व हात पार्न सक्ने अनुमान सहजरुपमा गर्न सकिन्छ । अग्रज नेताहरुको सम्मान गर्दै युवा शक्ति अघि बढे दोलखा कांगे्रस उज्जवल भविष्य देखिन्छ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले शुक्रबार ३८ जिल्लामा वडा अधिवेशन हुनुपर्ने भए पनि ३५ जिल्लामा अधिवेशन भएको जानकारी दिए ।

उनले भने, ‘हामीले पहिलो चरणमा खटाएका ३८ जिल्लामा आज अधिवेशन हुनुपर्ने हो । ३५ जिल्लामा अधिवेशन भएको जानकारी आएको छ । बाँकी तीन जिल्लाबारे जानकारी प्राप्त हुन सकेको छैन ।’ उनका अनुसार धेरैजसो वडाहरुमा सर्वसम्मत भएकोसमेत बताए । तर, शुक्रबार अधिवेशन भएका जिल्लाहरुको नतिजा भने प्राप्त भइनसकेको उनले बताए । शनिबारसम्म नतिजा प्राप्त हुने उनको भनाइ छ ।

शुक्रबार एकमात्र जिल्लाको नतिजा केन्द्रीय निर्वाचन समितिसम्म आइपुगेको छ । संयोजक यादवका अनुसार दोलखा जिल्लाको सम्पूर्ण नतिजा आएको छ । उता मनाङमा वडादेखि जिल्ला अधिवेशनसम्म सर्वसम्मत भएको बताइएको छ । देशमा रहेका करिब ६ हजार वडा मध्ये आधामा शुक्रबार अधिवेशन हुँदा २१ जिल्लाको भने क्रियाशील सदस्यतासमेत टुंगिएको छैन ।

वडा अधिवेशनले वडा कार्य समिति र स्थानीय तह अधिवेशन, प्रदेश निर्वाचन क्षेत्र अधिवेशन, संघीय निर्वाचन क्षेत्र अधिवेशन, महाधिवेशन प्रतिनिधि र जिल्ला अधिवेशनमा मतदान गर्ने क्षेत्रीय प्रतिनिधिको चयन गर्छ ।

वडाबाट आउने प्रतिनिधिहरुले महाधिवेशन प्रतिनिधिको पनि चुनाव गर्ने भएकाले यो महाधिवेशनको यो प्रारम्भिक चुनाव हो । वडा अधिवेशनले नै भावी नेतृत्वकोसमेत छनोटमा महत्वपूर्ण भूमिका खेल्छ

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *