दोलखा कांग्रेसको पटक पटक राहत लापीलाङवासीलाई

 पब्लिक संवाददाता      बिहिबार, भदौ १०, २०७८      0

चिरफार समचारदाता
लापिलाङ (दोलखा) १० भदौ । खहरे रानीबनमा गएको पहिरोको कारण लापीलाङगका ११ घर पुरिनु का साथै बस्ती नै जोखिममा परेको छ । पिडामा परेका पहिरो पिडितलाई दोलखा कांग्रेसले पटकपटक राहत बितरण गरेकोछ ।
कालिञ्चोक गाउँपालिका ५ लापिलाङका पहिरो पीडितलाई आज दोस्रो पटक पुर्वमन्त्रि एबं नेपाली कांग्रेस केन्द्रिय बिपत ब्यवस्थापन समितिका संयोजक मोहन बस्नेतको पहलमा राहत सामाग्री सहयोग गरिएको छ ।
एक वर्षदेखि निरन्तर रूपमा झरिरहेको बस्तिमाथिको पहिरोका कारण आफ्नो सर्बस्व गुमाएका लापिलाङका दुई सय परिवारलाई सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ र नेपाल हिमालयन सिमापार उद्योग संघले दुई सय बोरा चामल, नुन, दाल, तेल बितरण गरिएको नेपाली कांगे्रस दोलखाका लोकप्रिय युवा नेता सन्तोष पाण्डेले जानकारी दिए ।
कालिञ्चोक गाउँपालिका ५ बाबरे स्थायी घर भएको युवा नेता पाण्डेले भने आज प्रतिपरिवार एक बोरा चामल, दुई केजी दाल, एक लिटर तेल, नुन लगायतका खाद्यान्न सामग्री उपलब्ध गराएका छौं । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष अमृत कार्की महासचिब शम्भु तिमल्सिना ,सदस्यहरु भुपेन्द्र भण्डारी,मोहनभक्त श्रेष्ठ, उज्जवल श्रेष्ठले सामाग्री बिहिबार लापिलाङ पुगेर पीडितहरूलाई हस्तान्तरण गरेका हुन ।
राहत सामग्री वितरण कार्यक्रममा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष अमृत कार्की महासचिब शम्भु तिमल्सिना ,सदस्यहरु भुपेन्द्र भण्डारी,मोहनभक्त श्रेष्ठ, उज्जवल श्रेष्ठ, नेता सन्तोष पाण्डे, दोलखा कांग्रेसका पार्टी प्रबक्ता सन्तोष पाठक, नेपाली कांगे्रस दोलखाका युवा नेता गोपी शिबाकोटी, तरुण नेता पदम पाठक, तरुण नेता पर्बत खतिवडा लगायतको उपस्थित रहेको थियो ।
एक वर्षदेखि लगातार आएको पहिरोका कारण लापिलाङका झन्डै दुई दर्जन परिवारको उठिबास लागेको छ । गत वर्षको असारदेखि झरेको पहिरो क्रमश फैलिँदै गएपछि लापिलाङका विभिन्न बस्तीहरूसमेत जोखिममा परेको स्थानिय वासीन्दा एवम संचारकर्मी गोकर्ण भण्डारीले बताए । उनले भने पहिरोका कारण गत वर्ष बन्देथली र आसपासका ११ घरपरिवारको उठिबास नै लाग्यो । अहिले पनि झन्डै १५ घरपरिवारको उठिबास नै हुने गरी पहिरोले कटान गरिरहेको र थप परिवार विस्थापित बनेको कालिञ्चोक गाउँपालिका ५ स्थानिय युवा एबं नेपाली कांग्रेसका सभापति सहदेब खड्काले बताए ।
रानीवनबाट झरेको पहिरो अहिले सिस्नेबारी, मैदान, काँडाबारी, बन्देथली हुँदै सिलाथारेसम्मको बस्तीमा पुगिसकेको छ । पहिरोका कारण त्यस क्षेत्रका स्थानीयहरू जेठ अन्तिमदेखि नै घर छोडेर अन्यत्र कष्टकर रूपमा बसोवास गरिरहेका छन् ।
पहिरोले रानीवनदेखि गुमुखोलासम्मको भूभाग दिनहुँ कटान गरिरहेको छ । वन क्षेत्रदेखि खोली किनारसम्मको भूगोलमा मात्रै झन्डै तीन किलोमिटर ठाडो जमिन कटान गरेकोले लापिलाङका आधा दर्जन बस्तीहरूमा जोखिम परेकाछन । सामान्य वर्षा हुँदा पनि माथिबाट बगेर आउने लेदोले झनै असर गरिरहेको स्थानीयको गुनासो छ ।
पहिलो पटक नेपाली कांगे्रसका नेता जिपछिरिङ लामाको आर्थिक सहयोगमा डेड सय बोरा चामल दाल तेल नुन सहयोग राहत सामग्री कांगे्रसले पहिरो पिडितलाई बितरण गरेको खड्काले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *